एनआरएनए एनसिसि जापानको सचिब पदमा क्युस्युबाट अर्जुन बगाले थापाको उम्मेद्धारी घोषणा

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  308 पटक हेरिएको

जापान, फुकुओका, साउन ७ ।

क्युस्यु क्षेत्रिय कार्यसमितिका निवर्तमान संयोजक अर्जुन बगाले थापाले गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको सचिव पदमा उम्मेद्धारी घोषणा गरेका छन् । एनआरएनए क्युस्युका निवर्तमान संयोजक थापाले यही जुलाई ३० तारिखमा हुने एनआरएनए जापानको चुनावका लागि शनिबार सामाजिक संजाल फेसबुक मार्फत सचिब पदमा उम्मेदवारी घोषणा गरेका हुन । एनआरएनए अभियानमा सक्रिय सहभागिता जनाउदै आएको थापाले क्युशु क्षेत्रमा रहेर नेपाली समुदायहरु माझ उल्लेखनीय सामाजिक कार्य गर्दै आईरहेका छन । एनआरएनए जापानको केन्द्रिय कार्यसमितिमा रहेर अझ सशक्त भएर सामाजिक कार्य गर्न तीव्र इच्छासहित आएको छु,ु उहाँले उम्मेदवारी घोषणसँगै भन्नुभयो, एनआरएनए जापानको १२ वटै क्षेत्रसँग समन्वय गर्दै विधि, विधान र नीतिको आधारमा संस्थागत रुपमा एकरुपता दिने योजनाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

विगत १० वर्षदेखि जापानमा बसोबास गर्दै आइरहनुभएका थापाले “विधि, विधान र नीतिमा सबलीकरण, पारदर्शी एनआरएनएमा प्रबलीकरण” भन्ने मुल चुनावी नारासमेत अघि सारेका छन् । उहाँले सन् २०१६ मा फुकुओका नेपाल सोसाईटीको कार्यसमिति सदस्य, नेपाल जापान फ्रेन्डशिप लायन्स क्लबको संस्थापक अध्यक्ष, लायन्स क्लब नेपाल ३२५ जोन चियर पर्सन, हाम्रो नेपाल हामी नेपालीको अभियान सचिव, नेपाल फेस्टिवल फुकुओकाको सचिव, २०१९-२०२१ एनआरएनए क्युस्यु क्षेत्रीय कार्यसमिति सचिव, नेपाल फेस्टिवल फुकुओका २०२२ संयोजक र २०२१-२०२३ एनआरएनए क्युस्यु क्षेत्रीय कार्यसमिति संयोजकको जिम्मेवारीमा रहेर काम गरिसक्नुभएको छ ।

विद्यार्थीकालदेखि नै अरुको हित र सेवामा समर्पित हुँदै आएका थापाले पुनस् सामाजिक कार्य गर्ने अवसरका लागि जापानवासी नेपालीमाझ अपिल गर्नुभएको छ । ुपुनस् यस पटक यहाँहरुको सहयोगको अपेक्षा गर्दछु । २०२३ -२०२५ कार्यकालको लागि मलाई सचिव पदमा अत्यधिक बहुमतका साथ विजय गराई यहाँहरुको सेवा गर्ने अवसर दिनुहुन हार्दिक अपिल गर्दछु, उहाँले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

सरल, सहयोगी, सक्षम र इमान्दार छवि बनाएका थापाले आफ्नो कार्यकालमा जापानको फुकुओकाका साथसाथै नेपालको बिभिन्न क्षेत्रमा बिभिन्न किसिमको आर्थिक तथा भौतिक सहयोग समेत गर्दै आईरहेका छन । जापानको फुकुओकामा रहेका नेपाली समुदायमा आईपर्ने बिभिन्न समस्यामा तदारुक्ताका साथ साथ सहयोग र हौसल्ला दिदै आईरहेका छन । थापा नेपालमा गएको २०७२ को महाभूकम्प होस् या प्राकृतिक र अन्य खालका समस्यामा परेका नेपालीहरुलाई संस्थागत र व्यक्तिगतरुपमा पनि आर्थिक, भौतिक, नैतिक तबरबाट निरन्तर सहयोग गर्दै आइरहनुभएको छ ।

सम्बन्धित समाचार यो पनि पढ्नुहोस् ।

एनआरएनए जापानको (२०२३–२५) नेतृत्वको लागि क्युशुबाट रामकृष्ण श्रेष्ठको उम्मेद्धारी घोषणा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार