आज १ सय जनामा कोरोना संक्रमित पुष्टि, कोरोना संक्रमणबाट पहिलो बिदेशी नागरिकको निधन

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  721 पटक हेरिएको

काठमाडौँ, साउन ७ । 

नेपालमा आज थप एक सय जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालामा गरिएका परीक्षणमा ती संक्रमितहरु थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगैँ कुल संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ ।

आज थपिएका जिल्लाहरुमा सप्तरी १८, दैलेख १६,सुनसरी ४,मोरङ ३,झापा १,ताप्लेजुङ ३,धनुषा ५,बारा ३,पर्सा ६,काठमाडौं ३,सर्लाही २,चितवन १,सर्लाही १,लमजुङ ७,स्याङ्जा ३,बागलुङ ३,बाँके ३,बर्दिया २,सल्यान २,कालीकोट ६,बझाङ १,डोटी ७ रहेका छन् ।

यसै गरी कोरोना निको भएर घर फर्किनेको संख्या १२ हजार ६८४ पुगेको छ ।

टिचिङ हस्पिटलमा उपचाररत चिनिया नागरिकको निधन

नेपालमा कोरोनाबाट पहिलो पटक विदेशी नागरिकको मृत्यु भएको छ । एक चीनीया महिलाको उपचारको क्रममा शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

ती महिला ४८ बर्षकी रहेको अस्पतालले जनाएको छ । ती महिला मुटु रोगी रहेको र शुरुमा पोखरामा उपचारको लागि भर्ना भएको त्यस पछि ग्रान्डीमा ल्याएको र त्याहाँबाट शिक्षण अस्पतालमा भर्ना भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

हिजो कोरोना देखिए पछि शिक्षण अस्पतालमा सारिएकी उनको आज मृत्यु भएको र चीनीया दुतावाससगँ समन्वय गरेर व्यवस्थापन गर्न लागिएको अस्पतालले जनाएको छ । यो सगैँ कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार