जापान, साउन ६ ।
जापान सरकारले महत्वका साथ हेरिएको टोकियो ओलम्पिक भोलि जुलाई २३ तारिकबाट शुरु हुने भएको छ । टोकियो ओलम्पिक २०२० हुने भने पनि बिश्वमा कोरोना भाईरसको महामारी तिब्र रुपमा फैलिए पछि त्यसको प्रत्यक्ष असर टोकियो ओलम्पिकमा पनि परेको हो । एक बर्ष ढिला गरि उद्घाटन हुन लागेको टोकियो ओलम्पिक १५ राष्ट्र प्रमुखको उपस्थितिमा हुने जनाएको छ । जापानको राजधानी टोकियोमा हुन लागेको ओलम्पिक प्रतियोगिताको उद्घाटन समारोहमा १५ राष्ट्रका साथै बिभिन्न सङ्गठनका प्रमुखहरुको सहभागी हुने अपेक्षा पनि गरिएको छ ।
प्रतियोगिताका आयोजकहरुले ७० देशका खेलकुद मन्त्री पनि सहभागी हुने अपेक्षा गरिएको बुधबार जानकारी दिएका छन् । जापानको मन्त्रिपरिषद्का प्रमुख सचिव कात्सुनोबु कातोले पत्रकारहरुसँग भन्नुभयो, “१५ देश र अन्तर्राष्ट्रिय सङ्गठनका प्रमुखहरुसँगै ७० देशका खेलकुद मन्त्रीहरु उद्घाटन समारोहमा सहभागी हुने देखिएको छ ।” शीर्ष नेताहरुको उपस्थीतिलाई आफूहरुले उच्च महत्वका साथ लिएको र त्यसलाई महामारीको विषयमा छलफल गर्ने अवसरको रुपमा समेत उपयोग गरिने उहाँले जानकारी दिनुभयो ।
महामारीले विश्वभरी पारेको असर र त्यसको सामनाका लागि अपनाउनुपर्ने उपाय, राम्रा अभ्यास, अनुभव र सहयोग आदान प्रदानका सन्दर्भमा पनि नेताहरुको उपस्थिति उपलब्धिमूलक हुने आयोजकहरुले अपेक्षा गरेका छन् । प्रतियोगिता यही जुलाई २३ मा सुरु भई आगामी अगस्ट ८ मा सकिने तय भएको छ । प्रतियोगिताका लागि लाखौँ खेलाडी तथा खेल पदाधिकारीहरु अहिले टोकियो आईपुगि सकेका छन् ।
प्रतियोगितामा कोरोनाभाइरस नफैलियोस् भन्ने उद्देश्यले उच्च सतर्कता अपनाइएको अधिकारीहरुले जानकारी दिएका छन् । टोकियो ओलम्पिक हेर्नको लागि टिकट काटेका २० लाख दर्शकहरुको टिकट कोरोना महामारीका कारण रद्ध गरेको खेलकुद मन्त्रिले यस भन्दा पहिले नै जानकारी गराई सकेको छ ।
सम्बन्धित समाचार यो पनि पढ्नुहोस् ।
जापान टोकियो ओलम्पिकमा सहभागि हुन आइपुगेका नेपाली खेलाडीलाई भब्य स्वागत