अर्थ मन्त्रालय अन्तर्गत करको दर हेरफेर र सिसिटिभि फुटेज सम्बन्धि संसदीय छानबिन विशेष समितिको म्याद सात दिन थपियो

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  143 पटक हेरिएको

काठमाडौं, असार ५ ।  

अर्थ मन्त्रिद्धारा अर्थ मन्त्रालय भित्र अनधिकृत ब्यक्तिमार्फत करको दर हेरफेर गरेको बिषय र सोसँग सम्बन्धित अर्थ मन्त्रालयको सिसिटिभि फुटेज मेटाईएको बिषयमाथि भई रहेको छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको म्याद सात दिन थपिएको छ । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकले समितिको म्याद सात दिन थपेको हो ।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८०को बजेट निर्माण गर्ने क्रममा गत १४ जेठमा अनाधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको आरोपमाथि छानबिन गर्न सो समिति गठन गरिएको हो ।

काम थालेको १० दिनभित्र आफ्नो जिम्मेवारी पूरा गर्न कार्यावधि तोकिएको थियो । तर, समय अपुग हुने भन्दै समिति सदस्यको आग्रहअनुसार सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार म्याद थप सम्बन्धी प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्तावलाई बैठकले स्वीकृत गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार