धादिङ, साउन ६ ।
आइतबार रातिदेखि परेको लगातारको वर्षाले धादिङका विभिन्न स्थानमा पहिरो गएको छ । अविरल वर्षापछि धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ६ गुल्जुङमा पहिरो गएको छ । पहिरोमा परेर एकै घरका ३ जनाको मृत्यु भएको छ । सोमबार राति आएको पहिरोले घर पुरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी रुपक खड्काले जानकारी दिए । घर पुर्दा २८ वर्षीय मिलन खाण, उनकी २६ वर्षीया श्रीमती सम्झना खाण र २ वर्षीया अन्जिता खाणको मृत्यु भएको प्रहरीले जानकारी दिएका हुन ।
अहिले प्रहरी घटनास्थलतर्फ गइरहेको पनि डीएसपी खड्काले बताए । विभिन्न ठाउँमा आएको पहिरो र बाढीले पृथ्वी राजमार्ग अन्य सडक क्षतविक्षत भएकाले उद्धार र राहत कार्यमा समस्या भएको प्रहरीले बताएको छ । अहिले पृथ्बी राजमार्गका बिभिन्न स्थानमा गएको पहिरो हटाउने काम शुरु गरिएको जिल्ला प्रहरी कार्यालय धादिङ्गले जनाएको छ ।