जापान, साउन ४ ।
जापानको फुकुओकाको पुरानो संस्था फुकुओका नेपाल सोसाइटीको २७ औं अधिवेसन यहि जुलाई १७ तारिख फुकुओकामा सम्पन्न भएको छ। सन १९९५ सालमा नेपालीहरुको हक हितका लागि सुरुवात गरीएको संस्था यहाँसम्म आइपुग्दा १ वर्षे कार्यकालमा निरन्तरता पाएको भएता पनि अघिल्लो अधिवेसनबाट विधान संसोधन गरी २ वर्षे कार्यकाल बनाइएको थियो। फुकुओकामा रहेको बिभिन्न संघसंस्थाका पदाधिकारीहरुको उपस्थितिमा सम्पन्न भएको २७ औँ अधिबेशनबाट नयाँ कार्यसमिति चयन गर्न सफल भएको छ ।
फुकुओकाको मिनामी सिमिन सेन्टर आयोजित २७ औँ महाधिबेशनबाट संस्थाका उपाध्यक्ष इन्द्र प्रसाद घलेको अध्यक्षतामा २७ औं नयाँ कार्य समिति गठन गरेको हो । नयाँ कार्यसमितिमा अध्यक्ष ईन्द्र प्रसाद घलेको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति घटन गरिएको अध्यक्ष घलेले भिजन अनलाईन न्युजलाई जानकारी गराउनु भयो । नव गठित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षको हैसियतमा रवि बस्नेत सर्वसम्मत निर्वाचित भएका छन । यसैगरी कार्यसमितिको उपाध्यक्षमा दिपक बिक, प्रेमराज दाहाल र अशोक सेडाइ, प्रवत्तामा कृष्ण राज भट्ट, सचिबमा उज्ज्वल बानियाँ, सह सचिबमा प्रदिप राई, कोषाध्यक्षमा भुवन कृष्ण घिमीरे, सह कोषाध्यक्षमा विसाल जिन्बा, सदस्यमा सन्देस राई, मनिसा रावल, शिव बिक, अमित भुसाल र मिशन केसी गरी १५ सदस्यीय कार्यसमिति निर्वीरोध चयन भएको हो।
उक्त अवसरमा संस्थाका संस्थापक अध्यक्ष, एनआरएनए जापानका उपाध्यक्ष तथा एनआरएनए जापानका अध्यक्षका प्रत्यासी समेत रहेका रामकृष्ण श्रेष्ठ, आईसिसि सदस्य लक्ष्मण बाँनिया, हाम्रो नेपाल हामी नेपालीका संयोजक धर्मराज अधिकारी लगायत क्युसु क्षेत्रका रहेका विभिन्न नेपाली संघसंस्थाका पदाधिकारीहरुको बाक्लो उपस्थिति रहकेो थियो। साथै नयाँ कार्यसमितिको पहिलो कार्यसमितिको बैठकबाट कार्यसमितिमा केही नयाँ कार्यसमिति सदस्य लगायतका सल्लाहकारहरु पनि मनोनित गर्ने बताउका छन ।