भदौ १ गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खुला गर्ने सरकारको निर्णय

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  956 पटक हेरिएको

काठमांडौ, साउन ६ ।  

 

कोरोना संक्रमण जोखिम बढ्न सक्ने भन्दै बन्द भएका व्यावसायिक हवाइ उडान करिब पाँच महिनापछि खुल्ने भएको छ। सरकारले भदौ १ गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिएका छन्।

यसअघि सरकारले चैत ९ देखि अन्तर्राष्ट्रिय उडान र ११ देखि आन्तरिक तर्फका व्यावसायिक उडान बन्द गराएको थियो।  यसरी व्यावसायिक उडान पुनः सञ्चालन गर्दा अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका नियमहरू भने पर्यटन मन्त्रालयले बनाउने छ।

अहिलेका लागि हामीले भदौ १ देखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेका छौं। यसबारेमा पर्यटन मन्त्रालयले उडान प्रोटोकल तयार पार्नेछ,’ मन्त्री भट्टराईले भने।

त्यसरी बनेको मापदण्डका आधारमा व्यावसायिक उडानहरू सञ्चालन हुनेछन्। यद्यपी नागरिक उड्डन प्राधिकरणले कोरोनापछिको उडान सञ्चालनका लागि एयरपोर्ट, एयरलाइन्स तथा यात्रुका लागि नियमहरू बनाइसकेको छ।

यसअघि पर्यटन मन्त्रालयले उडान सुरू गर्न सकिने रायसहितको अध्ययन प्रतिवेदन तयार पारेको थियो। विश्व स्वास्थ्य संगठनले तय गरेका स्वास्थ्य सुरक्षाका नियम पालना गर्दै उडान सुरू गर्न सकिने मन्त्रालयको अध्ययन प्रतिवेदनको निष्कर्ष थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार