शिक्षण अस्पताल महाराजगञ्जको बैंक खाताबाटै झण्डै साढे १६ करोड रुपैयाँ गायब अनुसन्धान हुदै

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  672 पटक हेरिएको

काठमाडौं, असार ५ ।  

त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्जको बैंक खाताबाटै झण्डै साढे १६ करोड रुपैयाँ गायब भएको छ।अस्पतालको बैंक नगदी किताबले २०७६ असार मसान्तसम्ममा (मार्गस्थ र नगद ३ लाख रुपैयाँबाहेक) ९८ करोड २७ लाख ७५ हजार रुपैयाँ बैंक मौज्दात देखाएको थियो। सो मितिको बैंक स्टेटमेन्टअनुसार भने ८१ करोड ८३ लाख ६७ हजार रुपैयाँ बैंक मौज्दात छ।

बैंकमा १६ करोड ४४ लाख आठ हजार रुपैयाँ घटी देखिएको छ। घटी देखिएको रकमका सम्बन्धमा छानबिन गरी बैंकमा जम्मा हुनुपर्ने महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख छ।

अन्नपूर्ण पोष्ट दैनिकबाट 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार