पहिरो हटाएसंगै बुटवल–पाल्पा सडकखण्ड हिजो साँझ सवा पाँच बजेदेखि सूचारु

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  793 पटक हेरिएको

 बुटवल, साउन ५ । 

पहिरो झरेर शुक्रबार रातिदेखि अवरुद्ध बनेको बुटवल–पाल्पा सडकखण्ड हिजो साँझ सवा पाँच बजेदेखि सूचारु भएको छ। शुक्रबार राति सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल तानसेन सडकखण्डको गौंडेपुलमा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो। निरन्तर पानी परेपछि पहिरो हटाउन सकिएको थिएन।

पहिरोका कारण सडकमा रोकेर राखिएकोे लु २ ख ११७१ नम्वरको मालवाहक ट्रक पनि पुरिएको थियो। असारको अन्तिम सातादेखि लगातार पानी पर्न थालेपछि बुटवल तानसेन सडकखण्डमा दिनहुं पहिरो झर्न लागेको छ। एकहप्ताको अवधिमा यो सडकखण्ड पहिरोका कारण ५ दिन अवरुद्ध भएको प्रहरीले जनाएको छ।

पाल्पा र रुपन्देहीको सिमाक्षेत्र सिद्धबाबादेखि दोभानसम्म चट्टान सहितको पहिरोका कारण वर्षैभरी जोखिमयुक्त सिद्धार्थ राजमार्ग दोभानदेखि तानसेनसम्म भने वर्षायाममा पहिरोको जोखिममा हुने गर्छ।

सम्बन्धित समाचार यो पनि पढ़नुहोस ।

बुटवल–तानसेन सडक खण्डमा पुन:पहिरो खस्दा लु १ क ११७५ नम्बरको ट्रक पुरियो, सडक पुनः अवरुद्ध


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार