जापान, साउन ४ ।
पछिल्लो २४ घण्टा शनिबार जापानभर ६६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार टोकियोमा २९० जना, ओसाकामा ८६ जना, साईतामा केनमा ४९ जना, खानागावाकेनमा ४९ जना,चिबाकेनमा ३२ जना, फुकुओका केनमा २४ जना, होक्काईदोमा १३ जना, मियागी केनमा ३ जना, तोचीगी केनमा ५ जना, ईबाराकी केनमा ५ जना, गुन्मा केनमा १ जना, तोयामा केनमा १ जना, ईसिखावा केनमा २ जना, नागानो केनमा १ जना पुष्टि भएको हो ।
यस्तै गिफु केनमा १ जना, सिजुओका केनमा २ जना, आईचि केनमा २५ जना, मिए केनमा १ जना, क्योउतोमा २५ जना, ह्योगो केनमा १२ जना, नारा केनमा ८ जना, वाखायाम् केनमा २ जना, ओखायामा केनमा ३ जना, हिरोसिमा केनमा २ जना, यामागुची केनमा १ जना, खागावा केनमा १ जना, नागासाकी केनमा ६ जना, खागोसिमा केनमा २ जना र एयरपोर्ट क्वारेन्टाईनमा ९ जनामा संक्रमण पुष्टि भएको हो ।
जापानमा हालसम्म,२४ हजार ९ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये १९ हजार ३ सय ६६ जनाले स्वास्थ्य लाभ लिई घर फर्किएका छन् भने ९ सय ८६ जनको निधन भएको छ । जापानमा कोरोना संक्रमणको दर घटे पनि पुनः बढेको हो ।