रुस क्रिमिया, साउन २ ।
रुस युक्रेन बिचको युद्ध गम्भिर मोडमा पुगेको छ । लामो समयदेखि जारी युद्धमा हालसम्म ठुलो आकडामा मानवीय क्षेति भईसकेको छ भने भौतिक संरचनाहरु पनि नष्ट भईरहेको छ । यसै बिच युक्रेनले रुसको क्रिमिया ब्रिजलाई टारगेट गरेर तेस्रो पटक आक्रमण गरेको छ । तेस्रो आक्रमणमा क्रिमिया ब्रिजको एक हिस्सामा ठुलो क्षति पुगेको रसीया संचारमाध्यमले जनाएको छ । १७ तारिकको राति पुन क्रिमियालाई रुससँग जोड्ने पुलमा विस्फोट भएपछि रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले बदला लिने बताएका छन् । पुटिनले युक्रेनको ‘आतङ्ककारी कारबाही’ मा पुलमा गम्भीर क्षति पुगेको प्रतिक्रिया दिएका छन् ।
युक्रेनको आक्रमण पछि रुसको राजधानि मस्कोमा टप लेबलको बिभिन्न चरणको छलफल सँगै क्रिमिया आक्रमणको बदला रणनितिमा जुट्न सेना, एफबिएफ चिफहरुलाई राष्ट्रपति पुटिनद्धारा निर्देशन दिए । आक्रमण पश्चात रुसको मस्कोमा सुरक्षा परिषदको बैठक बसेको थियो उक्त बैठक पश्चात राष्ट्रपति पुटिनले युक्रेनलाई यसको बदला लिने र त्यसको लागि तयार हुन समेत भनेका छन ।
उनले रूसी सेनाले पुलमा युक्रेनी हमलाको उचित जवाफ दिने तयारी गरिरहेको बताए । विस्फोटबाट क्षतिग्रस्त पुल सैन्य सामग्री ढुवानीका दृष्टिकोणले महत्वपूर्ण रहेको छ उक्त पुल रूसले निर्माण गरेको थियो ।
पुटिनले पुलको सुरक्षा व्यवस्था कडा गर्न र रणनीतिक र महत्वपूर्ण यातायात सुविधाको सुरक्षाका लागि विशेष प्रस्तावहरूको अपेक्षित रहेको बताए । रुसले पुलको पानी मुनिको भागमा समुद्री ड्रोनले हमला गरिएको उल्लेख गर्दै आक्रमणमा एक दम्पतीको मृत्यु भएको र उनीहरूको छोरी घाइते भएको जनाएको छ। आक्रमणपछि रूसले एक विज्ञप्ति जारी गर्दै पुलमा विस्फोट र अन्न निर्यात सम्झौता रद्द गर्ने निर्णयबीच कुनै सम्बन्ध नभएको स्पष्ट पारेको छ ।
सम्बन्धित समाचार यो पनि पढ्नुहोस् ।