जापान, साउन २ ।
जापानको यामागुची प्रिफेक्चर,इवाकुनी सिको कुसुनोकी(चोस्थित इमाजु नदीमा पौडि खेल्न गएका ४ जना नेपालीहरु मध्ये २ जनाको डुबेर मृत्यु भएको छ। जापानी संचार माध्यमहरुमा जनाईए अनुसार ती युवाहरु शहर बिचबाट बग्ने खोलामा पौडी खेल्ने क्रममा उक्त दुर्घटना भएको जनाईएको छ ।
संगै पौडि खेलीरहेका २ जना साथीहरु बेपत्ता भएको भन्दै आज (१८ तारिख) अपरान्ह ४ः३० बजेतिर आपतकालिन् उद्दार सेवा(दमकल) लाई फोन गरिएको थियो। खबर पाए लगत्तै घटनास्थलमा पुगेको उद्दारकर्ताहरुले उनिहरुलाई अचेत अवस्थामा उद्दार गरि अस्पत्ताल लगिएको जनाएको छ । यद्यपी,अस्पत्ताल पुर्याए लगत्तै २ जनाको मृत्यु भएको घोषणा गरिएको थियो।
समाचारका अनुसार घटना स्थलमा पुगेका प्रहरी तथा उद्दारकर्ताहरुले ति दुबै जनालाई करबि २ मिटर गहिराईमा डुबेको अवस्थामा भेट्टाएका थिए। ति दुबै २० वर्ष (२० देखि ३० मुनिका) उमेर समूहका नेपाली नागरिक भएको बताईएको छ। यद्यपी, ति नेपाली युवाहरुको विवरण भने हालसम्म खुलाईएको छैन ।
स्थानीयबासीहरुको भनाई उद्रित गर्दै प्रकाशित खबरका अनुसार उक्त खोलाको सो स्थानमा पानीको बहाब खासै नभएको तर कतै कतै गहिरो ठाउँ भने रहेको बताएको छ। त्यो क्षेत्र पौडी खेल्नका लागि खासै सुरक्षित स्थान मानिने स्थान नरहने समेत स्थानीय बासिन्दाले जनाएको छ। उक्त घटना सम्बन्धित थप बिबरण केही समय आउने समेत जनाएको छ ।