पछिल्लो २४ घण्टामा १०१ जना कोरोना संक्रमण पुष्टि, कुल संक्रमित संख्या १७ हजार ४ सय ४५ पुग्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  864 पटक हेरिएको

काठमांडौ, साउन २ । 

शुक्रबार नेपालमा कोरोनाभाइरसका १०१ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार देशभरका २७ वटा प्रयोगशालामा ४ हजार ६ सय ८८ जनामा गरिएको पिसिआर परीक्षणका क्रममा १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

अब कोरोना संक्रमितको संख्या १७ हजार ४ सय ४५ पुगेको छ।कोरोना निको भएर शुक्रबार दुई सय ८५ जना घर फर्किएका छन्। अहिलेसम्म कोरोना निको हुनेको संख्या ११ हजार पाँच सय ३४ पुगेको छ।

अहिले क्वारेन्टिनमा २२ हजार सात सय ५६ मानिस रहेको गौतमले जानकारी दिए। अहिलेसम्म कोरोनाबाट नेपालमा ४० जनाको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार