सुनसरी, साउन २ ।
सुनसरीको देवानगन्जमा प्रहरी र भारतीय समूहबीच गोलि हानाहान भएको छ। साे क्रममा दुइ जना भारतीय घाइते भएका छन् । सुनसरी प्रहरी प्रमुख कमल थापाका अनुसार प्रहरीले भारतीय मुलका २ जनालाई गोली हानी नियन्त्रणमा लिएको छ। हतियार बोकेको समूह रहेको सूचना पाएपछि प्रहरी उनिहरुलाई नियन्त्रणमा लिन देवानगन्ज-३ पुगेको तर भारतीय पक्षले फायरिङ गरेकेा थापाले जनाएका छन् ।
प्रहरी पुग्नासाथ भारतीयको समूह फायरिङ गर्दै दशगजातर्फ जान खोजेपछि नियन्त्रणमा लिन फायरिङ गरेको प्रहरीले जनाएको छ। पिन्टु र राजेश भनिने दुई जनालाई घाइते अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
समूहका अन्य पनि घाइते हुन सक्ने भन्दै प्रहरीले उनिहरुको खोजी गरिरहेको छ। प्रहरीले घटनास्थलबाट एउटा पेस्तोल, ६ राउन्ड गोली र २ वटा म्यागजिन बरामद गरेको छ।