मान बहादुर चौधरी उपचारार्थ वाजिरो नेपाली सर्भिस सोसाईटिको नेतृत्वमा ९९ हजार आर्थिक सहयोग

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  1467 पटक हेरिएको

जापान, असार १ ।  

जापानको फुकुओका स्थित वाजिरोमा बसोबास गर्दै आईरहेका नेपालीहरुको हकहित र वाजिरोमा नेपालीहरुको लागि वाजिरो नेपाली समाजद्धारा बिगतका दिनदेखि बिभिन्न सामाजिक तथा सहयोगात्मक कार्यहरु गर्दै आईरहेको छ । बिगत २ बर्ष अघि स्थापना गरिएको वाजिरो नेपाली सर्भिस सोसाईटिले जापानको फुकुओकामा बसोबास गर्दै आउनु भएका नेपाली तथा जापनिज नागरिकहरु माझ बिभिन्न अभिमुखिकरण कार्यक्रम साथै नेपाली समुदायमा परि आएका समस्यामा आर्थिक तथा भौतिक सहयोग गर्दै आएको छ ।

बिगतका दिनमा पनि जापानको फुकुओका बिद्यार्थी भिसामा जापान आई पढाई सकाएका नेपाली बिद्यार्थीहरुलाई भिसा परिवर्तनको लागि रचनात्मक भूमिका खेल्दै आएको, वाजिरो नेपाली सर्भिस सोसाईटिले धेरै नेपाली बिद्यार्थी बर्गहरुको समस्यालाई मध्यनजर गर्दै स्युस्योकु सेमिनार आयोजना गरि वर्किङ्ग भिसामा परिवर्तन गर्न समेत सहयोग गर्दै आईरहेको छ । बिगत लामो समय देखि फुकुओकाको वाजिरोमा बस्दै आउनु भएका र कामको सिलसिलामा स्वास्थ्यमा समस्या परि उपचारको क्रममा ३ महिना अस्पताल भर्ना गरी बसेका मान कुमार चौधरीलाई वाजिरो नपाली सर्भिस सोसाईटीको नेतृत्वमा आर्थिक सहयोग संकलन गरी हस्तारण गरिएको छ ।

हाल स्वास्थ्यमा सुधार पश्चात चार्टर फ्लाईटबाट नेपाल गएका चौधरीलाई पुनः स्वास्थ्यमा समस्या देखि नेपालको अस्पतालमा उपचारार्थ रहेको र हाम्रो सानो सहयोगले उहाँको उपचारमा सहयोग हुने हेतुले वाजिरो नेपाली सर्भिस सोसाईटिको नेतृत्वमा आर्थिक संकलन गरि सहयोग हस्तान्तरण गरिएको सोसाईटिका अध्यक्ष बिबेक बुढाथोकिले भिजन अनलाईन न्युजलाई जानकारी गराउनु भयो । उक्त मान बहादुर चौधरीको सहयोगार्थ सोसाईटिको नेतृत्वमा ९९००० (अक्षरुपी उनान्सय हजार जापनिज येन) संकलन भएको एक प्रेस बिज्ञप्ति मार्फत जानकारी गराउदै सम्पूर्ण सहयोगी हातहरुलाई सहयोगका लागि धन्यबाद समेत ज्ञापन गरिएको छ । भिजन अनलाईन न्युज परिवार समेत निजको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।

वाजिरो नेपाली समाजद्धारा जारी बिज्ञप्ति,

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार