काठमाडौँ, साउन १ ।
आज पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १६७ जना संक्रमित फेला परेको जानकारी दिनुभयो । यो सँगै नेपालमा संक्रमितको कुल संख्या १७ हजार ३४४ पुगेको छ ।
यस्तै २४ घन्टामा २१३ जना डिस्चार्ज भएका छन् । यो सँगै बिहीबारसम्म कोरोना निको भएर घर जानेको संख्या ११ हजार २४९ पुगेको छ । यो कुल संक्रमितको आधारमा ६४। ८५ प्रतिशत हो ।
प्रवक्ता गौतमका अनुसार गत २४ घन्टामा २७ प्रयोगशालामा ४ हजार ९८१ नमुनाको पीसीआर परीक्षण गरिएको थियो । उहाँले नेपालमा ६ हजार ५६ आइसोलेसनमा र २३ हजार ५०० क्वारेन्टाइनमा रहेको बताउनु भयो ।