जापानको नागोयामा ”संस्थामा प्राबिधिक र सैद्धान्तिक ज्ञानको आवश्यता सम्बन्धमा “अभिमुखीकरण तथा अन्तर्क्रिया कार्यक्रम हुने

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  453 पटक हेरिएको

जापान, असार ३२ । 

जापानको नागोयामा ”संस्थामा प्राबिधिक र सैद्धान्तिक ज्ञानको आवश्यता सम्बन्धमा “अभिमुखीकरण तथा अन्तर्क्रिया कार्यक्रम हुने भएको छ । स्याङ्जा समाज जापान क्षेत्रिय समिती नागोयाले नागोया स्थित WINC Aichi मा अगस्ट २तारिक बिभिन्न सामाजिक संघ संस्थालाई लक्षित गरी संस्थामा प्राबिधिक र सैद्धान्तिक ज्ञानको आवश्यकता सम्बन्धमा अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रमक गर्ने भएको छ । अभिमुखीकरणको प्रशिक्षकको रुपमा पत्रकार राजन गौतम र संचारकर्मी तथा NRNA जापानका सचिब श्याम शितल रहने छन् भने संस्थामा प्राबिधिक र सैद्धान्तिक ज्ञानको किन आवश्यता भन्ने बिषयमा अन्तरक्रिया गरिने छ ।

उक्त कार्यक्रममा कुनै पनि संस्थाले औपचारिक तथा अनौपचारिक कार्यक्रमहरुको कार्यक्रम सेडीयुल बनाउदा , कार्यक्रम सन्चानल गर्दा ,लेटर तथा प्रेस बिज्ञप्ती तयार पार्दा आबश्यक पर्ने प्राविधिक र सैद्धान्तिक ज्ञान बारे प्रशिक्षण दिईने छ । कुनै पनि सामाजिक संस्थालाई मुर्त रुप दिनको लागि संस्थाको भिजन, कार्ययोजना, निडरसिप राम्रो टिमओर्क ,निस्वार्थ भावनाको साथै प्राबिधिक र सैद्धान्तिक ज्ञानको पनि अति आवश्यक पर्ने हुँदा यस्तो कार्यक्रमको आयोजना गरेको कार्यक्रम संयोजक तथा संस्थाका अध्यक्ष निशान रानाले जानकारी दिए ।

नागोया आसपासमा गथित संघ संस्थामा आबद्द सवैमा कार्यक्रममा सहभागि भई आफु सँग भएको ज्ञान आदानप्रदान गरी सहयोग गरिदिनु हुनको लागि आयोजकले हार्दिक अनुरोध गरेको छ । साथै नागोयामा अगस्ट ३१ मा नेपालका बहु चर्चित राष्ट्रिय कलाकारको साथमा प्रदेशी गायक सुर्य खड्काको उपस्थितिमा “नागोया तीज फेस्टिवल “हुने भएकोले कामको बिदा मिलाउन सबैमा अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार