नेपाल दुरसंचार प्राधिकरणद्धारा एमडिएमएस सिस्टम लागु, बिदेशबाट ल्याईएका मोबाईलको आईएमईआई नम्बर दर्ता गर्नुपर्ने

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  118 पटक हेरिएको

काठमाडौँ, साउन १ ।  

नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि नेपालमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडीएमएस० लागु गरेको छ । बिदेशबाट अवैध रुपमा ल्याईएका मोबाइल डिभाइस नियन्त्रण गर्ने उद्देश्यसहित जडित प्रणाली लागू भएपछि नेपालमा भित्रिएका अवैध मोबाइल बन्द हुने भएका छन् । भने वैध मोबाइल मात्रै सञ्चालनमा आउने ब्यबस्था रहने छ । तर बिदेशबाट ल्याईएका मोबाईलहरु चल्दै नचल्ने भने होईन बिदेशबाट आफन्तलाई ल्याईदिएका मोबाईलहरु नेपालमा संचालन गर्नको लागि नेपाल दुरसंचार कम्पनीद्धारा जारी गरेको निश्चित मापदण्ड पुरा गरी संचालन गर्न भने पाउने छन । आईएमईआई शुक्रबारदेखि सुरु भए पनि आईएमईआई दर्ता नभएका मोबाइल तत्काल बन्द हुँदैनन् ।

नेपालमा भन्सारबाट भित्रिएका मोबाइलको आईएमईआई नम्बर र प्रयोगकर्ता आफैंले दर्ता गराएको आईएमईआई नम्बर एमडीएमएस प्रणालीमा सूचीकरण गर्ने काम भइरहेको छ । यो प्रणाली लागू भए पनि नेपालमा चलिरहेका कुनै पनि मोबाइल बन्द नहुने प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । प्राधिकरणले नेपालबाहिर किनिएका वा उपहार पाएका मोबाइल दर्ता गराउन निश्चित समय दिनेछ । उक्त अवधिमा पनि दर्ता नभएका मोबाइललाई वर्गीकरण गरी प्रयोगकर्तालाई चेतावनी दिने वा बन्द गर्ने काम हुनेछ ।

६ महिनाभित्र काम सक्ने गरी प्राधिकरणले २०७६ असारमा ७६ करोड लागतमा ठेक्का दिए पनि लकडाउनका कारण उक्त सिस्टम सञ्चालनमा ढिला भएको दुरसंचार प्रालिले जनाएको छ । साउन १ देखि सुरु गर्ने घोषणा भएदेखि नै यो प्रणाली कस्तो हो, यसले कसरी काम गर्छ, कस्ता मोबाइल बन्द हुन्छन् भन्ने जनचासो रहँदै आएको छ ।

विदेशमा चोरी भएका वा कर नतिरी नेपाल भित्रिएका मोबाइल सेटको प्रयोग निरुत्साहित गर्न यो प्रणाली लागू गरिएको हो । वैध रूपमा आयात हुने मोबाइलमा भ्याट र भन्सार शुल्क पनि लाग्छ । तर भन्सार छलेर ल्याइएका मोबाइलमा भन्सार र भ्याट पनि नतिर्दा त्यस्ता मोबाइल बजारमा सस्तोमा पनि पाइन्छ । कर नतिरिएको मोबाइल सस्तोमा पाइने भएकाले यस्ता मोबाइलको बिक्री बढी हुन्छ । यसबाट सरकारले राजस्व पनि गुमाउँछ तसर्थ राजस्वमा आउने ह्रासलाई नियन्त्रण गर्नको लागि यो सिस्टम लागु गरिएको दुरसंचार प्रालिले जनाएको छ ।

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम मोबाइल डिभाइसको तथ्यांकका लागि प्रयोग गरिने प्राबिधिक प्रणाली हो । यसमा राखिएको मोबाइल तथ्यांक प्रणालीले कुन मोबाइल वैध र कुन अवैध भन्ने छुट्याउँछ । हरेक मोबाइल डिभाइसमा हुने इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी (आईएमईआई) नम्बरका आधारमा मोबाइल वैध–अवैध भन्ने छुट्याइन्छ । यस्तो नम्बर सामान्यतः १५ अंकको हुन्छ । मोबाइल किन्दा सिम राख्ने स्लट वा ब्याट्रीमा यस्ता नम्बर लेखिएको हुन्छ ।

नेपालमा भन्सार तिरेर भित्रिएका हरेक मोबाइलको आईएमईआई नम्बर प्राधिकरणले एमडीएमएस प्रणालीमा राखिरहेको छ । नेपालमा भन्सार महसुल तिरेर भित्रिएका हरेक मोबाइल वैध मोबाइलका रूपमा यो प्रणालीमा सूचीकृत भएका हुन्छन् । यसबाहेक विदेशबाट उपहारमा वा किनेर ल्याइएका मोबाइलको आईएमईआई नम्बर प्रयोगकर्ता आफैंले दर्ता गराउन सक्छन् ।

एमडीएमएसको प्रणाली हरेक सेवा प्रदायकको सर्भरमा पनि एकीकृत गरिएको हुन्छ । यो प्रणाली नेपाल टेलिकम, एनसेल, स्मार्ट टेलिकमको सर्भरमा पनि जोडिएको छ । यस्ता सेवा प्रदायकले वितरण गरेको सिम कुनै मोबाइलमा प्रयोग भइरहेको छ र ती मोबाइलको आईएमईआई दर्ता भएको रहेनछ अथवा चोरी भएको वा हराएको भनेर उजुरी परेको छ भने त्यस्तो अबस्थामा त्यस्तो सेटलाई उक्त सिस्टमले ब्लक गरि सिम नचल्ने हुन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार