अन्तत: एनआरएनए जापानका अध्यक्ष प्रत्यासी दिपक कार्कीले दिए आईसिसि सदस्यमा आफ्नो उम्मेद्धारी

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  1721 पटक हेरिएको

जापान, साउन १ ।  

म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको अध्यक्ष तथा गैरआवासीय नेपाली संघ ९एनआरएनए० जापानको क्षेत्रीय उपाध्यक्ष समेत रहेका दिपक कार्कीले आगामी कार्यकाल २०२१-२०२३ को लागि आईसिसि सदस्य पदमा आफ्नो उम्मेद्धारी दिएका छन । यस अघि एनआरएनए जापानको अध्यक्ष र वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका थिए। एनआरएनए जापानको अध्यक्ष पदमा उम्मेद्धारी दिएका कार्कीले अग्रजको सल्लाह र सुझाबका आधारमा आफुले बरिष्ठ उपाध्यक्षमा उम्मेद्धारी दिएको स्पष्टीकरण सामाजिक संजाल फेसबुक मार्फत दिएका थिए । त्यस पश्चात पनि बरिष्ठ उपाध्यक्षमा आफ्नो उम्मेद्धारी घोषणा गरेका कार्कीले जापानमा उक्त पदमा पनि आफ्नै सहकर्मी मित्रहरुले ईच्छा देखाएकोले आपसी सम्बन्धलाई ख्याल गरी साथीभाईहरुको सम्बन्धलाई निरन्तरता दिदै आगामी दिनलाई पनि सहकार्य गर्नुपर्ने भएकोले सबैलाई सहजहोस र सम्बन्धमा दरार नआउन भन्ने उद्देश्यले आफुले आईसिसि रोजेको प्रतिक्रिया दिएका छन ।

टोकियो केन्द्रित एनआरएनएका गतिविधीलाई विभिन्न क्षेत्रमा विस्तार गर्दै सबै क्षेत्रमा नेपाली समुदायको मनोभावना बुझेर काम गर्न एनआरएनए जापानको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिएको बताए । एनआरएनएको अभियानमा एक दशक भन्दा लामो समयदेखि क्रियाशील रहेका कार्की नायोया क्षेत्रको क्षेत्रीय संयोजक समेत भैसकेका छन । सो क्षेत्रको संयोजक हुदा कार्कीले संस्थागत रूपमा धेरै सकारात्मक सुधारहरु गरेको दाबी गर्छन ।

एनआरएनए जापानका सबै क्षेत्रमा क्षेत्रीय समिति गठन गर्न र टोकियो केन्द्रित एनआरएनएका गतिविधीलाई विभिन्न क्षेत्रमा विस्तार गर्न पनि आफूको उत्तीकै योगदान कार्कीले बताउछन । साथै नेपाल फेस्टिबल जस्ता कार्यक्रम आयोजना गरि नेपाललाई चिनाउन भूमिका निर्वाह गरेको कार्कीको भनाई छ।

एनआरएनए जापानले आगमी कार्यकाल ९२०२१-२०२३०का लागि चुनाव आगामी २५ र २७ जुलाईमा हुँदैछ । नेपाली समुदायमा आईपर्ने समस्याहरु समाधानको लागि प्रत्यक्ष सहभागि हुँदै समाधानमा अग्र्रणी भूमिका निर्बाह गर्दै आएका कार्की एक सफल ब्यबसायी पनि हुन । जापान भित्र र बाहिर बिभिन्न ठाँउमा नेपाली समुदायमा आईपरेका समस्यामा प्रत्यक्ष सहभागी भई आर्थिक सहयोग समेत गर्दै आईरहेका छन ।

दिपक कार्कीको भिडियो अपिल हेर्न तल क्लिक गर्नुहोला ।

सम्बन्धित समाचार यो पनि पढ्नुहोस् ।

 

एनआरएनए जापानको बरिष्ठ उपाध्यक्ष पदमा नागोयाबाट दिपक कार्कीको उम्मेद्धारी घोषणा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार