जापान, असार ३० ।
गैरआवासीय नेपाली संघ एनआरएनए जापानको आसन्न ११ औ अधिवेशनबाट निर्वाचित हुने नयांकार्यसमिति चयनका लागि अनलाईन मार्फत जुलाई ३० तारिक मतदान हुने भएको छ ।
दुई बर्षको कार्यकाल रहने नव निर्वाचित कार्यसमिति चयनका लागि तिन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । निर्वाचन समितिको संयोजकमा ईन्जिनियर डम्वरराज पौडेललाई चयन गरेको एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलले जानकारी दिनुभयो। उहॅाका अनुसार तीन सदस्यीय निर्वाचन समितिमा ईन्जिनियर डम्वर पुन र पत्रकार आनन्द कोइरालालाई चयन गरिएको छ। यस्तै बैठकले निर्वाचन अनुगमनका लागि शिवप्रसाद पौडेल, ईन्दिरा सुजुकि र कृष्ण अधिकारीलाई चयन गरिएको छ।
जुलाई १४ तारिक एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलको अध्यक्षतामा बसेको अनलाईन बैठकले आगामी २९ तारिक अधिवेशन तथा ३० तारिक अनलाईन प्रणालीबाट निर्वाचन गरिने जनाएको हो ।
अनलाईन भोटिगंका लागि पहिलो पटक आईसीसीले तोकेबमोजिम फेस भेरीफिकेशन प्रणालीबाट निर्वाचन गरिने समेत जानकारी अध्यक्ष शिबप्रसाद पौडेलले जानकारी गराउनु भयो ।