जापान, असार २९ ।
गैरआवासीय नेपाली संघ ९एनआरएनए० जापानको नयाँ नेतृत्वको लागि राजकुमार अधिकारीले शनिवार उम्मेद्वारी घोषणा गर्ने भएका छन। आगामी २०२३-२०२५ को नयाँ कार्यसमितिको अध्यक्ष पदमा अधिकारीले जुलाई १५ तारिख शनिवार नागोंयाबाट उम्मेद्वारी घोषणा गर्ने बताउनु भएको हो।
जापानमा व्यवसायसँगै सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका एनआरएनए जापानका वर्तमान उपाध्यक्ष राजकुमार अधिकारीले औपचारिक रुपमा आगामी नेतृत्वका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्ने भएका छन् । जापानको नागोयालाई कर्मथलो बनाएर व्यवसायरत अधिकारी एक दशक बढि समयदेखि एनआरएनए अभियानमा आवद्ध रहँदै आएका छन् । गैरआवासिय नेपाली संघ सहित आधा दर्जन सामाजिक संघसंस्थाहरुमा आवद्ध रहेर अधिकारीले सामाजिक सेवामा व्यक्तिगत र संस्थागत रुपमा उल्लेखनिय सामाजिक योगदान दिंदै आएका छन् ।
वर्तमान एनआरएनए जापान ९सन् २०२१-२३ कार्यसमिति०मा उपाध्यक्ष पदमा रहेर जिम्मेवारी निभाइ रहेका अधिकारीले ११ औं अधिवेशन मार्फत २०२३-२०२५ कार्यकालको लागि अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको जानकारी दिए । निष्पक्षता र सुशासन सहितको सकारात्मक परिवर्तन, समयसापेक्ष एनआरएनए जापान बनाउने मुल नाराका साथ आज आफ्नो उम्मेद्धारी घोषणा गर्न लागेका हुन । उक्त घोषणा सभामा सहभागी हुनको लागि औपचारिक रुपमा जापानका बिभिन्न क्षेत्रमा बसेर पत्रकारीता गरिरहेका बिभिन्न संचारकर्मीहरुलाई पनि आमन्त्रण गर्नुभएको छ ।