जापान, असार ३० ।
गैर आवसीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् ९एनआरएनए आईसीसी० सदस्य पदमा क्युस्यु क्षेत्रबाट सुपेन्द्र घिसिङले उम्मेदवारी दिने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत एक सन्देश जारी गर्दै घिसिङले २०२१-२०२३ कार्यकालको लागि गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्य पदमा जापानको तर्फबाट उम्मेदवारी दिने घोषणा गरेको जानकारी गराएका हुन् । उनले सम्पूर्ण जापानवासी नेपालीहरुमा साथ, सहयोग र अत्यधिक मतले विजयी गरिदिन अपील समेत गरेका छन् ।
राष्ट्रिय समन्वय परिषद जापानको केन्द्रिय सदस्यमा अत्यधिक मतले बिजयी घिसिङ्ग आगामी कार्यकालको आईसिसि सदस्यको पनि बलियो दाबेदार हो । जापानमा सबै क्षेत्रको साथ र सर्पोट रहेकोले पनि यसपटक पनि जित सुनिश्चित रहेको बताएका छन । भिजन अनलाईन न्युजसँगको संबादमा एनआरएनए जापानको पछिल्लो बिबादलाई समाधान गर्न र संस्थालाई पारदर्शिताका साथ काम गर्नुको लागि र संस्थामा आबद्धतालाई निरन्तरता दिन पनि जापानबासीहरुको साथ र सहयोगको आबश्यकता रहेको बताएका छन ।
घिसिङले सामाजिक संजालमा जारी गरेको घोषणा सन्देश जस्ताको तस्तै
सम्पुर्ण नेपाली हरुमा नमस्कार,
गैर आवसीय नेपाली संघमा आबद्ध भई विभिन्न सामाजिक कार्यमा सक्रिय भई २०२१(२०२३ कार्यकालको लागि गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वयन परिषद सदस्यमा जापानको तर्फबाट उम्मेद्वारी दिने घोषणा गरेको छु। सम्पूर्ण जापानबासी नेपालीहरुमा साथ ,सहयोग र अत्यधिक मतले बिजयी गरि दिनु हुन् हार्दिक अपिल गर्दछु। जापानमा अध्ययन सकिए संगै जापानिज कम्पनीमा कार्यरत रही हाल आफ्नै ब्यबसाय संचालन गर्दै आइरहेको छु। आफुले सकेको आर्थिक सहयोग, भौतिक उपस्थित भई आफ्नो स्वछ विचार अभिव्यक्त गर्दै एन आर एन ए अभियान मार्फत यहाँ हरुकै माझमा बिगत देखि नै छु।
एन आर एन ए मा भएका गलत कुरा हरुलाई सुधारको निम्ति निरन्तर लाग्दै र राम्रो कुराहरुलाई प्रोत्साहन दिदै आइरहेको कुरा सबै लाइ अवगत नै छ। यस एन आर एन ए अभियानलाई सशक्त र ब्यबस्थित गर्नुको साथै यसका उद्देश्य प्राप्त गर्न म आफु कुनै पदमा रहन मेरा शुभचिन्तक ,अग्रज एवं साथी भाईहरुले गरेको आग्रह र अपेक्षालाई आत्मासाथ गर्दै अगाडी बढ्ने अठोट गरेको छु। हुन त सामाजिककार्य गर्न कुनै पदको आवश्यक पर्दैन भनिन्छ तर साचै नै भन्ने हो भने पद बिना सामाजिक कार्य हुन्छ तर सामाजिक संथालाई सुधार गर्न सकिदैन। तसर्थ ,म आफुलाई एन आर एन ए जापानको कुनै पदमा रही काम गर्ने तिब्र इच्छा रहेको थियो तर साथी भाइहरुले जापानको पदहरुमा दाबेदारी गर्दै गर्दा मलाई आइसीसी सदस्यमा जान आग्रह गरेकोले सोहि अनुरुप निर्णय लिएको छु।
यो अभियानलाई सुधार गर्न र तपाई हामी सबै को साझा संस्था बनाउन आइ सिसि सदस्यमा उम्मेदवारी दिने घोषणा गरेको हु। म लिन होइन दिन हो ,भन्ने भाबनाका साथ् आएको छु। मलाई आशा छ सबैको साथ र सहयोगले बिगतमा जस्तै अत्यधिक मत ले बिजयी गराउनु हुनेछ। म आफु पनि बढो सचेत रही काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।
जय एन आर एन ए