प्रधानमन्त्री देउवा माधव नेपाल निवासमा, गठबन्धनलाई निरन्तरता दिन नेपाललाई अपिल

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  1007 पटक हेरिएको

काठमाडौं असार ३० ।  

प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका छन् । एमालेको नेपाल समूहका सांसदको समर्थनमा विश्वासको मत पाउने आधार जुटाएर प्रधानमन्त्री नियुक्त भएका देउवा नेता नेपाललाई भेट्न उनकै निवासमा पुगेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसँगै एमालेको माधवकुमार नेपाल समूहले विपक्षी गठबन्धन सक्रिय बनाएका थिए । देउवा प्रधानमन्त्री नियुक्त भएपछि नेता नेपालको दल प्रतिपक्षीमा रहे पनि देउवाले उनीसँगको सहकार्यका विकल्पको विषयमा छलफल गर्न खोजेको स्रोतको भनाइ छ ।

प्रधानमन्त्रि नियुक्त भएका नेपाली काग्रेसका लागि पनि अबको एक महिना गाह्रो रहेको र त्यसलाई स्पष्ट बहुमत सहित सरकारमा रहन नेपाल सक्षको साथ अनिवार्य जस्तै छ । प्रधानमन्त्रि देउबा पनि संसदमा सरकारको पक्षमा बहुमत जुटाउन सो समयसम्मलाई भए पनि गठबन्धनलाई निरन्तरता दिनु पर्ने पक्षमा छन त्यस कारण पनि माधब नेपाललाई धन्यबादका साथसाथै प्राथमिकताका साथ प्रधानमन्त्रिमा समर्थन कायम राख्न अनुरोध समेत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार