नेकपा एमाले अध्यक्ष ओली चौथो पटक प्रधानमन्त्रीमा नियुक्त

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  442 पटक हेरिएको

काठमाण्डौँ, असार ३० ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन्। नेकपा माओबादी केन्द्रका तत्कालिन प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्ड संसदमा अल्पमतमा परेसँगै प्रचण्डको सरकार ढलेको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार अपराह्न अध्यक्ष ओलीलाई नेपाली काग्रेसको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले संचारमाध्यमलाई जानकारी दिए।

नेपाली कांग्रेसको समर्थनमा ओली संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। ओली चौथो पटक प्रधानमन्त्री पदमा नियुक्त भएका हुन्। नवनियुक्त प्रधानमन्त्री ओलीसहित मन्त्रीहरूको शपथ सोमबार बिहान ११ बजे शितल निवासमा हुनेछ।

गत असार १७ गते कांग्रेस र एमालेबीच राष्ट्रिय सहमतिको सरकार गठन गर्नेलगायत सहमति भएको थियो। त्यसपछि एमाले र जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए। हाललाई नेकपा एमालेलाई ८ र नेपाली काग्रेसलाई ८ मन्त्रालय पाउने गरी सहमति भएको पनि जनाएको छ । सरकारमा सहभागि हुने मन्त्रिको नामावली तय भईनसकेकोले हाललाई सिमित मन्त्रिहरुको मात्र सपथ हुने पनि जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार