जापान, असार ३०।
युवा ब्यवसायी, सामाजिक ब्यक्तित्व तथा एनआरएनए जापानका सदस्य जीवन गुरुङले एनआरएनए जापानको आगामी २०२१९२०२३ कार्यकालका लागि उपाध्यक्ष पदमा आफ़नो उम्मेदवारी घोषणा गरेका छन । जात,धर्म, पार्टी र क्षेत्रभन्दा माथि हामी नेपाली हौ, एनआरएनए सबैको साझा संस्था बन्नसकोस भन्ने मान्यताका साथ गुरुङले एनआरएनए जापानको आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा आफ़नो उम्मेदवारी घोषणा गरेका हुन । वर्तमान कार्यसमितिमा सदस्य रहेका गुरुङ व्यक्तिगत स्वार्थ र लाभका लागि नभइ विशुद्ध सामाजिक सेवामा क्रियाशील रहनका लागि कार्यकारी पदाधिकारीमा रहनुपर्ने बुझाईका साथ आफूले उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताउछन ।
एनआरएनए जापानको सदस्य पदमा रहदा कहिलेपनि पदको दुरुपयोग गरेर समाजलाई हानी पुर्याउने कार्य गरेको छैन गुरुङले भिजन अनलाईन न्युजसँगको संबादमा भने बितेका दुई वर्षमा मैंले जे जति सके सामाजिक सेवा र कर्म गरें त्यो सबै माझ छर्लगं छ र आगामी दिनमा पनि व्यक्तिगत तथा संस्थागत रुपमा एनआरएनए जापानमार्फत सामाजिक काम र जिम्मेवारी पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । जापानवासी नेपालीको हकहित तथा नेपाल जापान सम्बन्ध सुमधुर बनाउँदै अघि बढ्ने दिशामा सदैव मन बचन र कर्मले लाग्ने कार्य गर्ने छु भन्दै बिगतमा एक सदस्यको रुपमा रहेकोले अपेक्षा अनुसार काम गर्न नसकेकोमा नेपालीहरु माझ माफी समेत मागेका छन ।
समाज र संस्थाको नीति र बिधी विपरित आफूले कहिलै काम नगर्ने र भएको पाइएमा जस्तोसुकै सजाय भोग्न पनि तयार रहेको उल्लेख गर्दै गुरुङले आफ़ना त्यति ठूला योजना र आश्वासन केही छैन तर पदमा रहेर पदीय जिम्मेवारी पुरा गर्ने विश्वास व्यक्त गनृ चाहान्छु उनले भने । एनआरएनए जापानको कार्यसमिति भित्र सबैभन्दा सक्रिय र नेपाली समुदायहरुसँग नजिक रहेर काम गरेका गुरुङ्गले कोभिड महामारीमा उल्लेख्य सहयोगी काम गरेका छन । ठुलालाई होईन गर्न नसक्ने तल्लो स्तरका नेपाली समुदायका लागि एनआरएनए अभियानले सहयोग गर्नुपर्छ भन्ने मान्यता राख्ने जीवन गुरुङ्गले बर्तमान कार्यसमितिका क्षेत्रिय कार्यसमिति लगायत अन्य संघसंस्थाहरुसँग समेत हातेमालो गरि काम गरेका थिए । उक्त कामको मुल्याङ्कन गरी बिभिन्न क्षेत्रिय कार्यसमितिले कामको उच्च प्रशंसा गर्दै सम्मान समेत गरेका थिए ।