एनआरएनए जापानका उपाध्यक्ष लक्ष्मण बाँनियाद्धारा आईसिसि सदस्यमा उम्मेद्धारी घोषणा

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  1404 पटक हेरिएको

जापान, असार ३० ।  

गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसी सदस्यमा जापानबाट उपाध्यक्ष लक्ष्मण बाँनियाले उम्मेद्वारी दिने सामाजिक संजाल फेसबुकबाट सावजनिक गर्नु भएको छ । हाल एनआरएनए जापानको उपाध्यक्ष पदमा बसी कार्यसम्पादन गरिरहनु भएका बाँनिया आगामी २०२१–२०२३ कार्यकालको लागि जापानको प्रतिनिधित्व गर्दै आईसिसि सदस्यमा जाने तयारी थालेको बताएका छन । निवर्तमान क्युस्यु क्षेत्रीय कार्यसमिति संयोजक समेत रहेका बानियाँले आइसीसीमा उम्मेद्वारी दिने घोषणा गरेका हुन।

जापानका युवा व्यवसायीका रुपमा परिचित बानियाँले आफ्नो ब्यवसायीसंगै समाज सेवालाई प्राथमिकतामा राखेर प्रायः सबै संस्थाहरुमा सल्लाह सुझाव दिने, विधार्थीलाई दुःखमा साथ दिदै आएका बाँनियाले जापानको फुकुओकालाई कर्मभूमि बनाउदै त्यस क्षेत्रमा उल्लेख्य राम्रो काम गर्दै आईरहेका छन । एनआरएनए क्युस्युसँग नजिक रहेका बानियाँ एनआरएनए क्युस्यु कार्यसमितिको उपसंयोजक हुँदै २०१७(०१९ कार्यसमिति संयोजक भएका थिए ।

बानियाँले नेपाल सरकार, उद्योग वाणिज्य महासंघ लगायत व्यवसायीहरुसँग सहकार्य गरी नेपालमा लगानी भित्राउने, जापानबाट प्राप्त ज्ञान, सिप, क्षमता र पुँजीलाई नेपाल लैजान पहल गर्ने, जापानिज पर्यटक नेपाल लैजान योजना बनाएको भिजन अनलाईनलाई जानकारी गराउनु भयो । जापानको फुकुओकामा आफ्नै लगानीमा शिब मन्दिर निर्माण समेत गरेका बाँनियाले जापानमा समेत आफ्नो नेपाली कला संस्कृति बिस्तारको लागि उल्लेख्य काम गरेका छन ।

उक्त शिव मन्दिर फुकुओकाका व्यवसायी, एनआरएनए जापानका उपाध्यक्ष लक्ष्मण बानियाँको एकल लगानीमा निर्माण भैरहेको छ । नेपालीहरु जमघट गरी आफ्नो संकृतिअनुसार विवाह, व्रतबन्ध, अन्य धार्मिक कार्य गर्ने सार्वजनिक धार्मिकस्थल नभएकोले शिव मन्दिर निर्माण थालिएको बानियाँले बताए । साथै उनले मदिर निर्माण सेप्टेम्बरसम्म सम्पन्न हुने बताए । उनका अनुसार लगभग ५ फित उचाई भएको शिव र गणेशको मूर्ति इन्डियामा तयार भइरहेको छ । उक्त मुक्ति निर्माण सम्पन्न भईसकेपछि बिशेष पुजाआजा गरी उद्घाटन गर्ने तयारी रहेको समेत लक्ष्मण बाँनियाले भिजन अनलाईन न्युजलाई जानकारी गराउनु भयो ।

सम्बन्धित समाचार यो पनि पढ्नुहोस ।

एनआरएनए जापानका उपाध्यक्ष बाँनियाद्धारा फुकुओकाको योसिजुकामा शिव मन्दिर निर्माण, निर्माण कार्य अन्तिम चरणमा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार