काठमाण्डौं, असार २९ ।
नेपालमा आज २४ घण्टामा १४४ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज १४४ जनामा कोरोना पुष्टि भएको जनाएको हो योसँगै संक्रमितको संख्या १६ हजार ९ सय ४५ जना पुगेको छ।
आज ५ हजार ८ सय ५६ जनाको कोरोनाको परीक्षण भएको छ। नेपालमा हालसम्म १० हजार २९४ जनालाई कोरोना निको भएको छ। प्रवक्ता गौतमका अनुसार हाल २३ हजार ४ सय ७० जना क्वारेन्टाइनमा छन्। हाल ६ हजार ६ सय १३ जनाको कोरोना उपचार भइरहेको छ। हाल सम्म कोरोनाबाट ३८ जनाको मृत्यु भईसकेको छ ।