तनहुँको रिसिङ गाउँपालिकाको भैंसिकिलेमा गएराति गएको पहिरोले पुरिदा एकै घरको ५ जना बेपत्ता

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  567 पटक हेरिएको

तनहुँ, असार २९ ।

देशको बिभिन्न भागमा भारी वर्षाको कारण दिन प्रति दिन बाढी पहिरोका कारण ज्यान गुमाउनेको संख्या दिनप्रति दिन बढ़ीरहेको छ । तनहुँको रिसिङ गाउँपालिका वडा नम्बर ८ भैंसिकिलेमा गएराति पहिरो जाँदा एउटा घर पुरेको छ । सो घरमा रहेका एकै परिवारका पाँच जना पनि पहिरोमा पुरिएर वेपत्ता भएका छन् ।

पहिरोले स्थानीय अनबहादुर थापाको घर पुर्दा उनका दुई छोरा, दुई बुहारी र एक नातिनी बेपत्ता भएको प्रहरीले जनाएको छ ।
अहिले प्रहरी उद्धारका लागि घटनास्थलतर्फ जाँदै गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार