भारतिय अभिनेत्री ऐश्वर्य राय बच्चन र सासु जया बच्चनलाई पनि कोरोना संक्रमण पुष्टि

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  165 पटक हेरिएको

भारत, असार २८।

बलिउडका बादशाह अमिताभ बच्चनको सम्पूर्ण परिवारका सदस्यमा कोरोना भाईरस कोभिड–१९ पोजेटिभ देखिएको छ । बलिउड अभिनेत्री ऐश्वर्या राय र उनकी सासू जया बच्चन पनि कोरोना भाइरसबाट संक्रमित भएकी छन् ।

यसअघि शनिबार नै अमिताभ र अभिषेक दुबैको कोरोना परीक्षणको रिपोर्ट पोजिटिभ आएको थियो । उनीहरु शनिबार नै अस्पताल भर्ना भइसकेका छन् । अमिताभको परिवारमा चार जनालाई कोरोना संक्रमण भएको महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश तोपले जानकारी दिए ।

ऐश्वर्या र जयाको कोरोना रिपोर्ट आइतबार आएको हो । स्वास्थ्यमन्त्री राजेशले भिडिओ सन्देश मार्फत यसबारे जानकारी दिएका हुन् । यससँगै बलिउडका कलाकार अनुपम खेरसहित उनको परिवारका पनि चार जनालाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । अमिताभको परिवारमा चार जनालाई कोरोना भेटिएको जानकारी सार्वजनिक भएपछि उच्च अधिकारी तथा बलिउडकर्मीहरुले स्वास्थ्यलाभको कामना गरेका छन् ।

सम्बन्धित समाचार यो पनि पढ्नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार