नेपालमा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि, आज १४७ जना स्वास्थ्यलाभ लिई घर फर्किए

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  575 पटक हेरिएको

काठमाडौँ, असार २८ ।   

पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या घट्नेक्रम जारी छ । यस्तै आज आइतवार मुलुकमा थप ८२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको नियमित पत्रकार सम्मेलनमा  प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

नेपालमा हालसम्म १६ हजार ८०१ जना संक्रमित भएका छन् । सोही अवधिमा १४७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका हुन्।योसँगै कोरोना जित्नेको कुल संख्या आठ हजार पाँच सय ८९ पुगेको छ। प्रवक्ता गौतमका अनुसार यो संख्या कुल संक्रमितमध्ये ५१.१ प्रतिशत हो।

यो कूल संक्रमितको आधारमा ५१.१ प्रतिशत निको भएको प्रवक्ता गौतमले बताए । उनका अनुसार गएको २४ घन्टामा ३ हजार ९१६ पीसीआर परीक्षण भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार