विदेशमा रोजगार गुमाई अलपत्र परेका नेपाली ल्याउन थप ४२ वटा चार्टर उडान गरिने

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  652 पटक हेरिएको

काठमाण्डौं, असार २८ ।  

बिगत केहि महिना अघिबाट नेपाल सरकार र केहि प्राईभेट ट्राभल्स एजेन्सीहरुले नेपालबाट बिदेश जान चाहने र बिदेशबाट नेपाल फर्कन चाहने नेपालीहरुको लागि चार्टर फ्लाईट गर्दै आएको छ । उक्त फ्लाईटबाट नेपाल आउन र बिद्यार्थी भिसामा बिदेश जान चाहने नेपालीहरुको लागि मध्यनजर गर्दै नेपाल सरकारले पुन ४२ उडान गर्ने भएको छ । अहिले सम्म भएका चार्टर उडानबाट सबै अलपत्र परेका नेपाली ल्याउन नसकिए पछि थप एक सातामा ४२ वटा उडान गरेर अन्य नेपाली ल्याउने सरकारले तयारी गरेको छ ।

विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न सरकारले तेस्रोपटक एक साताका लागि उडान तालिका थपेको हो । बुधबारदेखि ६ वटा मुलुकबाट ४२ वटा उद्धार उडान शुरु हुने छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र९सीसीएमसी० छाउनीका अनुसार असार देखि सुरु हुने उद्धार उडान साउन ६ गते मंगलबारसम्म सञ्चालन हुने छ । सीसीएमसीले सार्वजनिक गरेको तालिका अनुसार, युएई, दुबई, अबुधाबी, साउदी अरबको दमाम, रियाद, कुबेत, कतार, बहराइन, सारजाह र मेलेसियाबाट नेपाली नागरिकलाई उद्धार गरिने छ ।

सीसीएमसीले उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजक रहेको निर्देशक समितिले गरेको शुक्रबारको निर्णय अनुसार तालिका सार्वजनिक गरेको उल्लेख गरेको छ । सरकारले नियमित हुने व्यवसायिक उडान साउन ६ गतेसम्म रोकेको छ । कोभिड–१९ का कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीलाई उद्धार उडानमार्फत जेठ ३२ गतेदेखि थालिएको स्वदेश फर्काउने सरकारको अभियानको आज अन्तिम दिन थियो ।
यस अघि भोलीदेखि अन्य उडान नगर्ने भनिएको थियो ।

सीसीएमसीले ६ वटा मुलुकका १० वटा विमानस्थलबाट नेपाल वायुसेवा निगमले १६, हिमालय एयरलायन्सले १६ वटा गरी ३२ वटा उडान गर्ने अनुमति दिएको छ । त्यस्तै विदेशी वायुसेवा कम्पनी अर्न्तगत यसपटक एयर अरेबियाले २, फ्लाई–दुबईले २ र मेलेसियाको मालिन्दो एयरले ४ वटा उडान अनुमति पाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार