प्रधानमन्त्रिमा देउबालाई नियुक्त गर्न परमादेश जारीसँगै संसद बैठक साउन ३ गते ५ बजेभित्र बोलाउन सर्वोच्चको आदेश

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  640 पटक हेरिएको

काठमाडौं, असार २८ ।

प्रधानमन्त्रि ओलिद्धारा बिघटीत संसदलाई पुन पुनस्र्थापना गरेको छ । सर्बोच्चले संसद पुनूथापना भएसँगै नेपाली काग्रेसका सभापति शेर बहादुर देउबालाई प्रधानमन्त्रिमा नियुक्त गर्न समेत परमादेश जारी गरेको छ । त्यस्तै सर्वोच्च अदालतले साउन ३ गते प्रतिनिधिसभा बैठक बोलाउन आदेश जारी गरेको छ । प्रतिनिधिसभा विघटन असंवैधानिक ठहर गरेको सर्वोच्च अदालतले साउन ३ गते साँझ ५ बजेभित्र संसद बैठक बोलाउन आदेश दिएको हो ।

गत जेठ ७ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । यो कदम असंवैधानिक भएको जिकीर गर्दै सर्वोच्च अदालतमा ३० वटा रिट परेका थिए ।

विपक्षी गठबन्धनका १४६ सांसदहरुले पनि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने परमादेश जारी गर्न माग गर्दै रिट दायर गरेका थिए । सर्वोच्चले रिट निवेदककै माग बमोजिम परमादेश जारी गरेको छ ।

सम्बन्धित समाचार यो पनि पढ्नुहोस ।

प्रधानमन्त्रि ओलिको दोस्रो प्रयास पनि असफल, सर्बोच्चद्धारा संसदबिघटन असंबैधानिक घोषणा गर्दै बदर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार