काठमाडौं, असार २८ ।
अमेरिकाले उपलब्ध गराएको कोरोनाविरुद्धको खोप काठमाडौं आइपुगेको छ । कतार एयरवेजको नियमित उडानमार्फत् अमेरिकाले कोरोना खोप पठाएको हो । केहीबेर अगाडि खोप बोकेको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।
अमेरिकाले जोनसन एण्ड जोनसन कम्पनीले उत्पादन गरेको १५ लाख डोज खोप नेपाललाई उपलब्ध गराउने निर्णय गरेको छ । यसअघि नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्नेगरी कोभिड–१९ खोप निःशुल्क उपलब्ध गराउन लागेको जानकारी दिएका थिए ।