काठमाडौं, असार २६ ।
अन्य ३ भिआईपिलाई सिआईबिले पक्राउ गरेका छन । ललिता निवास प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्ण बहादुर राउत पक्राउ परेका छन् । बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिनाको प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले राउतलाई काठमाडौंबाट विराटनगर जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । सचिव राउतले करिब तीन महिना अगाडि मात्र सचिवको रुपमा सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।
यसैगरी उक्त ललितानिवास प्रकरणमा मुछिएका अन्य दुई जनालाई पनि सिआईबिले काठमाण्डौँबाट आज पक्राउ गरेका छन । पक्राउ पर्नेहरुमा भूमि ब्यबस्था बिभागका तत्कालिन महानिर्देशक रुद्रप्रसाद श्रेष्ठ र चिफ डिभिजन ईन्जिनियर (उप–सचिब) बालकृष्ण श्रेष्ठ परेको सिआईबि टोलिले जानकारी गराएका छन ।
सिआई स्रोतका अनुसार तिनै जना काठमाण्डौँबाट पक्राउ परेको जनाएको छ । यसअघि पक्राउ परेका १४ जनालाई पनि आज थप ५ दिन हिरासतमा राख्नको लागि अदालतले अनुमति दिएका छन । उनीहरुबिरुद्ध सरकारी कागजात दुरुपयोग, किर्ते र सांगठनिक अपराधमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।