काठमाण्डौँ, असार २७ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । पर्सि मंगलबार विहान ११ बजे बालुवाटारमा बैठक बस्ने गरी बोलाइएको हो ।
प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतले भोलि फैसला दिनसक्ने अनुमान छ । त्यसको भोलिपल्ट बैठक बोलाउनुलाई अर्थपूर्ण मानिएको एक नेताले बताए ।
पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले केन्द्रीय सदस्यहरुलाई पठाएको एसएमएसमा २९ गते बालुवाटारमा बैठक राखिएको उल्लेख छ । बैठकको एजेण्डा भने खुलाइएको छैन । यता एमालेको बार्ता टोलि भने अदालतको बिषयमा गएर अड्किएको छ । लगभग सहमतिको मिलनबिन्दुमा पुगेको भनिएको बार्ता माधब नेपाल समुहले सर्बोच्चमा पेश गरेको हस्ताक्षर फिर्ता लिने कि नलिने भन्ने बिषयमा सहमति नभएपछि बार्तामा अन्तिम निर्णय लिन नसकिएको बुझिएको छ ।