जापान, असार २६ ।
फुकुओका सहरमा नया विद्यार्थीहरुलाइ मध्यनजर गरी नेपाली जनसम्पर्क समिति क्युशु क्षेत्रिय समितिले ‘हेल्प डेस्क’ कार्यक्रम संचालन गर्ने भएकोछ। यो विशुद्ध सेवामा समर्पित ‘हेल्प डेस्क’ कार्यक्रम क्युशु क्षेत्रको इतिहासमा पहिलो पटक संचालन हुनलागेको हो।
विध्यार्थीहरुको बढ्दो चापसंगै देखापरेका विविध समस्याहरुलाइ केन्द्रमा राखी यो कार्यक्रम संचालन गर्न लागेको हो। क्युशु क्षेत्रिय समिति को जुलाइ ९ तारिक शनिवार सभापति शुसान्त भट्टराइको सभापतित्वमा बसेको कार्यसमितिको मिटिंगले जुलाइ १० तारिक आइतबार को दिनबाट जुलाइ महिनाभरी प्रत्येक साँझ ८:०० बजेबाट ९:०० बजेसम्म हेल्प डेस्क संचालन गरिने निर्णय गरिएको संस्थाका वर्तमान सचिव सज्जन सुवेदीले जानकारी दिनुभयो।
हाल जापानमा असंख्य नया विध्यार्थीहरुको आगमन भैरहेको र त्यसमध्ये फुकुओका सहरमा अन्य सहरभन्दा तुलनात्मक रुपमा बढी विद्यार्थीहरुको आगमन भएको बुझिएको छ।
विगत कोरोना कहरले लामो समयदेखि रोकिएर बसेका विध्यार्थीहरु जापान सरकारको प्रवेश खुल्ला गर्ने निर्णयसँगै ठूलो संख्यामा विध्यार्थीहरु आएको तर नेपालबाट कन्सल्टेन्सीहरुले भनेअनुसार सहयोग नगरेको, यहाँ रहेका जापनिज भाषा विध्यालयहरुले पनि खासै वास्ता नगरेको,महिनौँ वितिसक्दा पनि काम नपाएको, नेपालबाट ल्याएको पैसा सकिएर दैनिकी चलाउन गारो भैरहेको, कतिपय विध्यार्थीहरुको जाइरोकार्ड,पासपोर्ट, इन्स्योरेन्स कार्ड जस्ता अत्यावश्यक कागजपत्रहरु हराएको, सोधपूछ गर्ने माध्यम नभएको लगायत तमाम समस्याहरु विध्यमान छन।
यी र यस्ता विध्यार्थीहरुका समस्याहरुमा सहयोग गर्ने हेतुले हेल्प डेस्क संचालन गर्न लागिएको सभापति शुसान्त भट्टराइले जानकारी दिनुभयो।
यसका साथै जापान प्रवेशी नया विध्यार्थी हरुले पालना गर्नुपर्ने नियमहरु, विध्यार्थीहरुले अहिलेबाट ध्यान दिनुपर्ने कुराहरु,जापान सरकारले तोकेको प्रतिहप्ता २८ घण्टा भन्दा कम वा बढी काम गर्दा भिजा थप्नेबेला पर्ने असर वा सहजता, कामको हकमा विध्यार्थीहरुले ध्यान दिनुपर्ने कुराहरु, प्रहरी गिरफ्तारी वा दुर्घटना हुँदा अपनाउनुपर्ने सावधानी र सम्पर्क गर्न उपयोगी व्याक्ती वा सहयोगी संस्थाहरु को विषयमा पनि विष्तृत जानकारी लगायतका सहयोगहरु यस हेल्प डेस्क कार्यक्रमबाट विद्यार्थी हरुलाइ हुने निवर्तमान उपसभापति सुरज बनले जानकारी दिनुभयो।
हेल्प डेस्क समितिका सदस्य अमृत भट्टका अनुसार विध्यार्थीहरुको दैनिकीमा खड्किरहेको आर्थिक अभावका सन्दर्भमा पनि अप्ठारामा परेका नया विध्यार्थीहरुलाइ आर्थिक सहयोग लगायत केही उपयोगी राहतको ब्यावस्था मा जुट्न क्युशुका सबै संघसंस्थाहरुलाइ आह्वान गर्ने र जनसम्पर्क समिति क्युशुले नेतृत्वदायी भुमिका खेल्ने मा प्रयत्नरत रहेको र छिटै निर्क्योलमा पूगिने अपेक्षा राखएको छ।
जनसम्पर्क समिति क्युशु क्षेत्र को क्षेत्रिय मिटिंगले संचालन गर्नलागेको हेल्प डेस्क कार्यक्रम को संयोजन गर्न निवर्तमान सभापति डिका कार्कीको संयोजकत्वमा ७ सदसिय समितिको समूह तय गरेको छ। जसमा;
संयोजक :- डिका कार्की (080-9143-5313)
सदस्यहरु :- सुरज बन (080-1799-7550)
:- मिरज सेडाइ (080-7295-0101)
:- अमृत भट्ट (080-2708-0653)
:- शुसान्त भट्टराइ(080-8562-7386)
:- सुरेश डांगर (080-7369-9586)
:- सज्जन सुवेदी (090-8399-4244)
(e-mail :- njsskyushu2022@gmail.com)
( 福岡県福岡市博多区吉塚1町13) गरी ७ जना रहेका छन।
‘यी सम्पर्क नम्बरहरुमा सम्पर्क गरी प्रत्येक साँझ ८:०० बजेदेखि ९:०० बजेसम्म आफ्ना जिज्ञासाहरु राख्न सक्नुहुनेछ’ समितिका संयोजक डिका कार्कीले हामीलाइ जानकारी दिनुभयो। प्रत्यक्ष भेटेर परामर्श गर्न चाहने विध्यार्थीहरुले सम्पर्क गरी माथिको ठेगानामा भिजिट गरी भेटेर पनि परामर्श लिन सक्नुहुनेछ। समय नमिलेको खण्डमा संस्थाको आधिकारिक इ-मेल ठेगानामा पनि आफ्ना जिज्ञासाहरु राख्न र फुर्सद हुने समयको जानकारी गराइ परामर्श लिन सक्नुहुनेछ।
नव आगन्तुक विध्यार्थीहरुलाइ पार्टटाइम जब मा लगाउन र अन्य सहयोगहरुमा जुटिरहेको नेपाली जनसम्पर्क समिति क्युशु क्षेत्रिय कार्यसमिति र सभापति शुसान्त भट्टराइ प्रति नमन:॥