
काठमाण्डौँ, असार २५ ।

बिहीबार पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ सय ८ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ्गमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभरका २५ वटा प्रयोगशालामा विगत २४ घण्टामा ४ हजार ५ सय ८८ जनाको पिसिआर परीक्षण गर्दा १ सय ८ जनामा पुष्टि भएको हो।
बुधबारसम्म कोरोनाका १६ हजार चार सय २३ संक्रमित थिए। यो संख्या बढेर बिहीबार १६ हजार ५ सय ३१ पुगेको हो। देशभरका क्वारेन्टिनमा २४ हजार ४ सय २५ जना मानिसहरू छन्। पछिल्लो २४ घण्टामा १३९ डिस्चार्ज भएका छन्।





635 पटक हेरिएको 















