एनआरएनए जापानको अध्यक्ष पदमा अग्रज ददिवल खड्काको उम्मेद्धारी घोषणा

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  421 पटक हेरिएको

जापान, असार २५।  

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अधिवेशन नजिकिएसँगै उम्मेद्वारी घोषणा गर्ने क्रम तिब्र भएको छ । यसै क्रममा सफल ब्यबसायी ददिवल खड्काले पनि एनआरएनए जापानको अध्यक्ष पदमा आगामी २०२१–२०२३ कार्यकालका लागि उम्मेद्वारी घोषणा गरेका हुन । निस्वार्थ, निरन्तरता र निष्पक्षता, पारदर्शी एनआरएनए बनाउने मेरो प्रतिबद्दत्ता भन्ने मुल नारासहित गैरआवासीय नेपाली संघ ९एनआरएनए० जापानको आगामी २०२१-२०२३ को कार्यकालका लागि ददिवल खड्काले अध्यक्षमा भिड्ने तयारी गर्नु भएको हो ।

एनआरएनए जापानको निर्वाचनको माहौल तातिरहेको बेला बिभिन्न पदका लागि उम्मेदवारी घोषणा गर्ने क्रममा सफल ब्यवसायी खड्काले पनि उम्मेद्वारी रहेको जनाउनु भएको छ । जापानमा करिब तीन दशक लामो बसाई गरि सामाजिक कार्यमा आफूलाई परिचित बनाइसक्नु भएका खड्काले अध्यक्ष पदमा आफ़नो उमेदवारी घोषणा गर्नुभएको हो । जापानमा रहेका नेपाली समुदायको अभिभावकीय भूमिका निर्वाह गर्नका लागि एनआरएनए जापानमा आफूले योगदान गर्न आवश्यकता महशुस गरि उमेदवारी घोषणा गरेको खड्काले बताउनुभयो ।

सामाजिक संजालमार्फ़त आफ़नो उमेद्दवारी प्रस्तुत गर्नुभएका खड्का एनआरएनएको आभियानमा हाल आईसीसी सदस्य रहनुभएको छ भने एनआरएनए जापानमा सल्लाहकारको भुमिकामा रहेर कार्य गरिसक्नु भएको छ । त्यसै गरि खड्का मोना म्याग्दीको ज़िम्मेवार पदमा समेत रहेर समाजलाई योगदान पुर्याइसक्नु भएको छ । “लगनशील र मेहनती भएर कार्य गरेमा अवश्य पनि एकदिन सफलता हासिल हुन्छ भन्ने मान्यता राख्ने खड्का जापानमा लामो समय बिताउने नेपाली समेत हुन ।”

नेपाली समुदायमा आफुलाइ समाजसेवी र अप्ठ्यरोमा परेका स्वदेशमा होस कि परदेशमा होस सहयोगीको रुपमा परिचित गराइसक्नु भएका खड़काले एनआरएनए जापानको अध्यक्षमा उम्मेद्धारी दिने तयारीमा रहेको समेत जानकारी गराउनु भयो । आफु लामो समय जापानमा बसि जापानको बारेमा राम्रो ज्ञान राख्ने खड्का भाबि पुस्तामा जापान आउने नेपालीहरुको लागि अबिभाबकको रुपमा रहेको र नेपाली समुदायसँग सजिलै घुलमिल हुन र समस्यामा परेका बेला सबैको साझा संस्थाबाट सहजीकरणको लागि अग्रसर भई काम गर्ने अझै तिब्र ईच्छाशक्ति रहेकोले एनआरएनए जापानको अध्यक्ष पदमा आफ्नो उम्मेद्धारी दिन लागेको समेत बताउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार