एनआरएनए १० औँ महाधिबेशन प्रतिनिधिको लागि आबेदन खुला, बिभिन्न मापदण्ड सहित सहभागी शुल्क ५० डलर

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  669 पटक हेरिएको

जापान, असार २५ ।  

गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदको १० औं महाधिबेशनमा सहभागी हुनको लागि जापानबासी गैर आवासीय नेपाली अभियानमा लागेका ब्यक्तिहरुमा आबेदन आह्वान गरेका छन । एनआरएनए जापानका महासचिब जनक बिक्रम शाहीद्धारा जारी सुचनाका आधारमा १० औँ महाधिबेशनमा सहभागिताको लागि उक्त आह्वान गरिएको हो । गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदको १० औं महाधिवेशनमा रासप जापानको तर्फ़बाट ६५% प्रतिनिधिका लागी आवेदन खुल्ला गरीएको वारे सूचना जारी गरीएको हो । 

उपरोक्त सम्बन्धमा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको आसन्न १० औं महाधिवेशनमा रासप जापानको तर्फबाट सहभागी हुन इच्छुक (अन्तराष्ट्रिय समन्वय परिषद र राष्ट्रिय समन्वय परिषदमा हाल र बिगतमा काम गरीसकेका व्यक्तिहरु मध्य बाट ६५ % प्रतिनिधि छनौटको निम्ति) महानुभाव हरुको लागी आवेदन खुल्ला गरीएको यसै सूचना मार्फत जानकारी गराईन्छ। आवेदन दिदा अन्तराष्ट्रिय समन्वय परिषदको बिधानको दफा १३ को उपदफा १३.७ बमोजिमको माप दण्ड पुरा गरेको हुनु पर्नेछ। उक्त मापदण्ड निम्न प्रकार रहेकोछ। 

१) अन्तराष्ट्रिय समन्वय परिषदका वर्तमान तथा पुर्व संरक्षक , पूर्व पदाधिकारी तथा वर्तमान सल्लाहकारहरु। 

२) राष्ट्रिय समन्वय परिषदका वर्तमान तथा पूर्व अध्यक्षहरु एवं अन्तराष्ट्रिय समन्वय परिषदका पूर्व सदस्यहरु। 

३) अन्तराष्ट्रिय समन्वय परिषदको बिध्यमान अनुशासन समिति, विधान व्याख्या समिति र विधान संशोधन सुझाव समिति संयोजक। 

४) राष्ट्रिय समन्वय परिषदका पदाधिकारी एवं पछिल्लो निर्वाचनमा अध्यक्ष पदका उपविजेता। 

५) विधानत गठीत अन्तराष्ट्रिय समन्वय परिषदका विद्यामान मानार्थ सदस्यहरु। 

६) अन्तराष्ट्रिय समन्वय परिषद अन्तर्गत गठन भएका विद्यामान समिति तथा कार्यदलका संयोजकहरु र विधान समितिका उपसंयोजक तथा सदस्यहर। 

७) राष्ट्रिय समन्वय परिषदका सदस्यहरु। 

८) राष्ट्रिय समन्वय परिषदका पूर्व पदाधीकारी तथा सदस्यहरु। 

साथै आवेदनदिन निम्न कुराहरु पनि अनिवार्यरुपमा पालना गर्न अनुरोध गरिन्छ। यसै सूचनाका साथ राखीएको गुगल फारम अनिवार्यरुपमा भर्नु पर्नेछ। आवेदन मिति यहि जुलाई ९ देखी जुलाई १३ सम्म। प्रतिनिधी शुल्क : ५०$ ( पचास युएस डलर) शुल्क जम्मा गर्ने खाता नं : AC: 10010-52370361 यसै सूचनाका साथ राखीएको गुगल फारम अनिवार्यरुपमा भर्नु पर्नेछ। बिधान बमोजिम रासप जापानको तर्फ़बाट १६९ जना प्रतिनिधी सहभागीहुन पाउनेछन जस मध्य बाँकी २५% प्रतिनिधी राष्ट्रिय महाधिवेशन वाट निर्वाचित हुनेछन भने १०% प्रतिनिधिहरु महिला, यूवा सहित गैरवासीय अभीयानमा उल्लेख्य योगदान गरेका व्यक्तिहरु मध्यबाट नवनिर्वाचित कार्यसमितिले सिफारिस गर्नेछ। धन्यवाद । 

आवेदनको निम्ति गुगल लिंक :  

https://docs.google.com/forms/d/e/1FAIpQLSefQx9l8gWYatTOOuIJyahnaC2KrRdByw1Z6CQVahQH-h-qTg/viewform?usp=sf_link

महासचिबद्धारा जारी १० औँ महाधिबेशन सम्बन्धि सुचना

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार