जापान टोकियो ओलम्पिकमा सहभागि हुन आइपुगेका नेपाली खेलाडीलाई भब्य स्वागत

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  562 पटक हेरिएको

जापान, असार २४।  

टोकियोमा यहि जुलाई २३ बाट शुरु हुन गईरहेको गृष्मकालिन टोकियो ओलम्पिकमा सहभागिता हुन नेपाली खेलाडीहरु आज जापान आईपुगेका छन । विहिबार जापान आइपुगेका नेपाली खेलाडीहरुलाई भब्य स्वागत गरिएको छ ।

विहिबार तोकुसिमा प्रान्तमा पुगेका पौडीका गौरिका सिंह, अलेजेन्डर शाह ९एलेक्स० र पौडीका मुख्य प्रशिक्षक शंकर कार्कीलाई प्रान्तका पदाधिकारीहरुले भब्य स्वागत गरेका हुन् ।

नेपाली ढाकाटोपी लगाएका जापानी पुरुषहरुले नेपालीमा नै “मेहनत गर्नुस” लेखिएको प्लेकार्ड एवं नेपाली सारी तथा नेपाली नारीका भेषभूषा सहित खेलाडीलाई स्वागत गरेका थिए । नेपाली झण्डा र प्लेकार्डमा साना साना बालबालिका सहित जापनिज प्रतिनिधिहरुको उपस्थितमा भब्य स्वागत गरेका हुन । एक हप्ताको अभ्यास पछि सबै खेलाडीहरु टोकियो ओलम्पिकमा सहभागिता जनाउन टोकियो पुग्नेछन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार