जापानको टोक्योमा कोरोना संक्रमण बढेसँगै चौँथो पटक आपतकाल घोषणा, ओकिनावामा पनि आपतकाल बढायो

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  311 पटक हेरिएको

जापान, असार २४ ।  

जापान सरकारले हटाएको आपतकालिन ब्यबस्था पुन लगाएको छ । कोरोना भाईरस संक्रमण नियन्त्रणमा नआएपछि जापान सरकारले अन्तत पुनः टोकियोमा चौथो पटक आपतकाल लागु गर्ने निर्णय गरेको छ । टोकियोमा अघिल्लो साताको तुलनामा ह्लात्तै बढेको संक्रमण तथा नजिकिँदो ओलम्पिकलाई मध्यनजर गर्दै आज सरकारले आपतकाल घोषणा गर्ने निर्णय सत्तारुढ पार्टीलाई जानकारी गराएको हो ।

सरकारले टोकियोमा आपतकाल घोषणासंगै ओकिनावामा हाल कायम आपतकाल लम्बाउने निर्णय गरेको छ । बुधबार साँझसम्मको जानकारी अनुसार टोकियो र ओकिनवा दुवै सहरमा अगस्ट २२ तारिखसम्म आपतकाल कायम गरिने जापान सरकारले जनाएको छ । पछिल्लो समय आपतकाद हटाएपछि पुन संक्रमणमा बृद्धि आएपछि यसले टोक्योमा जारी ओलम्पिकलाई असर पार्ने देखिएकोले पुन आपतकाल लगाउनु परेको जनाएको छ । ओलम्पिकको लागि बिभिन्न देशबाट खेलाडिहरु जापान आउने क्रम जारी छ ।

नेपाली खेलाडी गौरीका लगायतका खेलाडी र अन्य देशका खेलाडी पनि जापान आईसकेका छन । त्यसमध्ये केही खेलाडीमा कोरोना संक्रमण देखिएको थियो । कोरोना संक्रमणीत खेलाडीलाई हाल होटलमा क्वारेन्टाईन राखीएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार