एनआरएनए युकेको अध्यक्ष पदमा रोजिना प्रधान राईको उम्मेद्धारी घोषणा, भोलि जुम मार्फत औपचारिक घोषणा गर्ने

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  918 पटक हेरिएको

लन्डन, असार २४ ।  

गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आगामी महाधिबेशन यहि जुलाइ-३१ मा सम्पन्न हुने भएको छ । एनआरएनए युकेको ९-औँ महाधिबेशनमा वर्तमान उपाध्यक्ष रोजिना प्रधान राईले अध्यक्ष पदमा उम्मेद्बारी दिने भएकी छन । सामाजिक संजाल फसबुकबाट आफ्नो उम्मेद्धारी घोषणा गरेकी अध्यक्ष प्रत्यासी रोजिना प्रधान राईले यहि आउंदो ९ जुलाई सांझ ७ बजे अध्यक्षमा औपचारिक रुपमा नै उम्मेदवारी घोषणा गर्ने तयारी गरेको निर्वाचन प्रचार प्रसार समितीले जनाएको छ । अल्डरसटस्थित एम्पायर हलमा जुममार्फत राइले उम्मेदवारी घोषणा गर्ने जनाएकी हुन ।

हाल सम्म अध्यक्ष प्रत्यासीमध्ये रोजिनाले आफ्नो उम्मेदवारीलाई पहिलो पटक औपचारिक रुपमा नै घोषणा गर्न लागेकी हुन । घोषणा सभाका दिन सरकारी कोभिड नियम अनुसार जुममा बेलायतका सामाजिक अभियन्ताहरुको सहभागिता रहने जनाईएको छ । सो अवसरमा बेलायतस्थित विभिन्न संघसंस्थाका प्रमुखले दिने शुभेच्छा र आर्शीवाद आफ्ना लागि थप आत्मबल हुनाले सबैलाई कार्यक्रममा जोडिनको निम्ति उनले सामाजिक संजाल फेसबुक मार्फत सार्वजनिक अपिल समेत गरेकीछिन ।

रोजिनाले घोषणा सभामा आफ्ना ९ बुंदे एजेन्डा र प्रतिबद्धता पनि सार्वजनिक गर्ने बताएकी छन् । एनआरएनए यूकेमा सन् २००७ देखि नै आवद्ध रोजिनाले उपाध्यक्षमा निर्वाचित हुंदा सर्वाधिक मत ल्याएकी थिइन् । अहिलेको कार्यसमितिमा उपाध्यक्ष र संघसंस्था समन्वय विभाग प्रमुखको जिम्मेवारी प्रभावकारी रुपमा सम्हालेकी रोजिनालाई नजिकबाट चिन्नेहरु उनी एक्सन ओरियन्टेड, सालिन र संस्थाप्रति दत्तचित्त रहने एक भिजनरी सामाजिक अभियन्ताको रुपमा पनि चिन्ने गर्दछ । यसपटकको निर्वाचनमा पपुलर भोट उनका पक्षमा जाने अड्कल काट्न थालिएको छ ।

समाजसेवासंगै विभिन्न व्यवसाय आवद्ध रोजिना दर्जनौ संघसंस्थाबाट सम्मानित भएकि छन । युके नेपाल फ्रेन्डसिप सोसाईटिको ब्राण्ड एम्बेसडर समेत रहेकी रोजिना बिजिनेस एडमिनिस्टेशन (Business Administration)मा मास्टर गरेकी सफल बिजिनेस म्यान समेत हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार