पछिल्लो २४ घण्टामा थप २ सय ४ जना कोरोना संक्रमण पुष्टि, कुल संक्रमित संख्या १६ हजार १ सय ६८ पुग्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  545 पटक हेरिएको

 काठमांडौ, असार २३ । 

मंगलबार नेपालमा थप २ सय ४ जना कोरोना संक्रमित थप भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म कुल संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ।

त्यस्तै २४ घण्टामा ६ सय ८८ जना कोरोनाबाट निको भई घर फर्किएका छन्। यीसहित ७ हजार ४ सय ९९ जना निको भइ घर फर्किएका छन्। हालसम्म ४६ प्रतिशत निको भइ घर फर्किएको मन्त्रालयले जनाएको छ।

विगत २४ घण्टामा ६ हजार १ सय ३३ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म २ लाख ६१ हजार ८ सय ६१ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ३५ जना कोरोनाबाट मृत्यु भएको तथ्यांक छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार