जापान, असार २३ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगमी २०२१–०२३ कार्यकालका लागि धादिङ्गका राजकुमार अधिकारीले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । विगत १ दशक भन्दा बढी समयदेखि जापानमा रहँदै आएका अधिकारी पछिल्ला ८ वर्षयता एनआरएनए अभियानमा प्रत्यक्ष जोडिँदै आएका छन् । अधिकारीले ‘ दिगो संगठन, व्यापक सहभागिता, परिणाममुखी एनआरएनए मेरो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ युवा पुस्ताको नेतृत्वबाट वर्तमान एनआरएनएमा विद्यमान समस्याहरुको न्युनिकरण गर्दै सबै गैरआवासीय नेपालीहरुले गर्व गर्न लायक संस्था बनाउने योजनाका साथ दावेदारी प्रस्तुत गरेका छन् ।
धादिङ्को उत्तरीभेग (गंगाजमुना गाउँपालिका) मा जन्मिएका अधिकारी जापानमा व्यवसाय संचालन गर्दै आएका छन् । एनआरएनए बाहेक पनि जिल्लागत संघरसंस्थासंगै अन्य सामाजिक गतिविधिमा निरन्तर सकृय रहँदै आएका अधिकारी हालसम्म स्वच्छ छवि र प्रतिवद्धताहरु पुरा गर्ने व्यक्तिको रुपमा परिचित छन् । आफु एनआरएन जापानको क्षेत्रिय कार्यसमिति नागोयाको बिभिन्न पदमा बसि कार्यकाल पुरा गरेकोले राष्ट्रिय समन्वय परिषदमा बसेर काम गर्ने ईच्छा भएकोले उपाध्यक्ष पदमा उम्मेद्धारी घोषणा गरेको भिजन अनलाईनसँगको संबादमा बताउनु भयो ।
संस्था भित्र देखिएको आर्थिक अनियमिततालाई पारदर्शि र परिणाममुखी योजनाहरु कार्यानवयनको लागि पनि आगामी २०२१/०२३ कार्यकालमा जापानबासीले मलाई अध्यधिक मतले बिजयी गराउनेमा आफु बिस्वस्थ भएको जनाउदै सम्पुर्ण जापानबासी नेपाली दाजुभाई तथा दिदिबहिनिहरुमा साथ, सहयोग र भोट गरि बिजयी गराउन समेत अपिल गर्नुभयो ।