राष्ट्रिय परीक्षा बोर्डद्वारा एसईईको नतिजा सार्वजनिक, अघिल्लो वर्षको तुलनामा नतीजामा सुधार

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  358 पटक हेरिएको

काठमाडौं, असार २१, ।  

राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा बिहीबार सार्वजनिक गरेको छ । आज सार्वजनिक गरिएको एसईई को नतीजाले माथिल्लो न्यूनतम औसत ग्रेड प्वाइन्ट (जीपीए) ल्याउने विद्यार्थीहरुको संख्या बढेको देखाएको छ । तर प्रयोगात्मक परीक्षा नहुने अनिवार्य गणित विषयको नजिताले शैक्षिक गुणस्तरमा सुधार भएको सरकारी दाबीमाथि प्रश्न उठाएको छ ।

गत चैतमा भएको माध्यमिक शिक्षा परीक्षामा ४ लाख ६९ हजार ५८६ परीक्षार्थी सहभागी भएका थिए । बिहीबार सार्वजनिक नतिजाअनुसार ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या २२ हजार ४७५ रहेको छ । अघिल्लो वर्ष अघिल्लो वर्ष यो ग्रेड समूह ल्याउने विद्यार्थी संख्या ९ हजार ६३३ जना थियो ।

राष्ट्रिय परीक्षा बोर्डका अधिकारीहरुका अनुसार माथिल्लो क्रमका अरु जीपीएमा पनि सुधार छ । ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ५५ हजार ६९ र २.८ देखि ३.२ जीपीए ल्याउनेको संख्या ७२ हजार ३६२, २.४ देखि २. ८ जीपीए ल्याउनेको संख्या ८९ हजार ३३१ जना रहेको छ । सबैभन्दा धेरै २ देखि २.४ जीपीए ल्याउने विद्यार्थी छन् । उनीहरुको संख्या १ लाख २ हजार २९३ छ । बोर्डका अध्यक्ष महाश्रम शर्मा एसईईको नतिजा गत वर्ष भन्दा सुधार भएको बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार