उद्धार उडानमा खटीएका ७ जना चालक दलका सदस्यमा कोरोना संक्रमण पुष्टि, सोल्टी होटेलको क्वारीन्टिनमा राखियो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  475 पटक हेरिएको

काठमाडौँ, असार २२ ।

नेपाल वायुसेवा निगमको विमानका चालक दलका ७ जनालाई कोरोना संक्रमण देखिएको छ । सोमबार आएको पीसीआर परीक्षण रिपोर्टमा चालक दलका ७ जनामा कोरोना पोजिटिभ देखिएको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।

उनका अनुसार संक्रमितहरु विदेशबाट नेपालीलाई ल्याउन गरिएको उद्धार उडानमा संलग्‍न चालक दलका सदस्यहरू रहेको उनले जानकारी गराए । निगमले उनीहरुलाई सोल्टी होटलमा बनाइएको क्वारेन्टाइनमा राखेको छ । यसअघि हिमालयन एयरलाइन्स क्याप्टेन र फ्लाइट एटेन्डेन्टलाई कोरोना देखिएको थियो ।

नागरिक उद्यन तथा पर्यटन मन्त्रि योगेश भट्टराईले “नेपाल सरकारले दिएको जिम्मेवारी पुरा गर्नेक्रममा नेपाल बायुसेवा निगमका ( NAC) चालक दलका केहि सदस्यमा Corona Possitive देखिएकोमा दु:ख लागेको छ । सँकटकालीन अवस्थामा वहाँहरुले गर्नु भएको कामको उच्च प्रशंसा गर्दछु । वहाँहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु” उहाँले लेखेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार