काठमाडौं,असार २२ ।
सत्तारुढ दल नेकपाको स्थायी समिति बैठक २४ असार सम्मलाई सरेको छ । आज बिहान ११ बजेका लागि तोकिएको वैठक फेरि दुई दिन पछि सार्ने निर्णय भएको हो । पार्टीभित्रको विवाद समाधानको कुनै सूत्र फेला परि नसकेको भन्दै नेकपाले बैठक फेरि सारेको हो । प्रधानमन्त्री केपी ओलीले पार्टीभित्रको विवाद अन्त्यका लागि पहलकदमी लिनुको साटो आफ्नो तर्फबाट बिहिबार संसद अधिवशेन अन्त्य गर्ने तहसम्म पुगेपछि नेकपाभित्रको विवाद थप पेचिलो बनेको थियो ।
त्यसपछि शुक्रबार एक दिन गृहकार्य गरेर शनिबार बैठक बस्ने भनिएको थियो । शनिबार पनि थप छलफल गर्ने भन्दै स्थगित गरिएको थियो । अहिले फेरि स्थगित भयो । र २४ असारका लागि पु¥याइएको छ । थप गृहकार्यका लागि बैठक स्थगितको सूचना आएको एक स्थायी समिति सदस्यले बताए । नेकपामा अहिले विवाद समाधानको खोजीका लागि पार्टीका दुई अध्यक्ष निरन्तर छलफलमा छन् ।
आज पनि दुई अध्यक्ष बिच छलफल जारी रहेको छ । स्थायी समिति बैठक दुई दिन स्थगित भएपछि छलफलका लागि समय भने तय भईसकेको छैन ।