प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेद्वारा संसद अवरुद्ध, राजीनामा दिएर मार्गप्रशस्त गर्न माग

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  233 पटक हेरिएको

काठमाडौं, असार २० ।   

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा प्रधानमन्त्रीको राजीनामा माग गर्डै संसद अवरुद्ध गरेका छन ।

बुधबार संघीय संसदको दुवै सदन अवरोध गर्दै एमालेले प्रधानमन्त्रीको राजीनामा मागेको हो । ‘प्रधानमन्त्रीले जे बोल्नुभयो, नैतिकताका आधारमा उहाँ प्रधानमन्त्री पदमा बस्नु उपयुक्त भन्दै  नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्रीको राजीनामा मागेका हुन ।

पन्तले प्रधानमन्त्रीले राजीनामा दिएर अर्को सरकार गठनको प्रक्रिया बढाउन सुझाव दिए । ‘को मान्छे प्रधानमन्त्री बन्ने दलहरुले छलफल गर्लान् । तर जो दिल्लीतिर नफर्कने, नेपालतिर फर्कने, नेपाली माटोतिर फर्किने प्रधानमन्त्री चाहियो, जसले देशको गरिमा र मर्यादाको रक्षा गर्न सकोस्’, उनले भने ।

राष्ट्रियसभा बैठकमा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले पनि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताए । सरदर प्रितम सिंहबारे लेखिएको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको सरकार निर्माण गर्दा भारतसँग छलफल हुने गरेको सन्देश जानेगरी अभिव्यक्ति दिएका थिए ।

उक्त कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भनेका थिए, ‘उहाँ (प्रितम सिंह) राजनीतिमा पनि रुचि राख्नुहुन्छ । उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो । धेरैचाटी दिल्ली पनि जानुभयो । काठमाडौंमा पार्टी र नेताहरुसँग पनि लगातार छलफल गर्नुभयो ।’

प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर सरकार पक्ष र विपक्ष दलहरुले एकसाथ विरोध जनाएका छन भने नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समेत प्रधानमन्त्री प्रचण्डले गलत बोल्नूभएको भनि आफ़ना अभिव्यक्ति दिएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार