अमेरिका, असार २१ ।
अमेरीकाले चार जुलाईमा स्वतन्त्रता दिवस मनाएको छ । तर मे २५ मा जर्ज फ्लेईडको हत्या पछि शुरु भएको आन्दोलनले हिंशात्मक रुप लिदा यसै दिन देशभर २ बालबालिका सहित १४ जनाको मृत्यु भएको छ भने अन्य दर्जनौ घाईते भएका छन् । डेलि मेलका अनुसार सबै भन्दा बढी हिंसा सिकागोमा भएको छ । त्याहाँ कम्तीमा ३० जना व्यक्तिमाथि गोली हानिएको र त्यस मध्य दुई बच्चा सहित ८ जनाको मृत्यु भएको छ ।
नातली वालेस नामकी सात बर्षीया बच्चीको गोली लागेर मृत्यु भएको छ भने अर्का १४ बर्षे बालकको पनि मृत्यु भएको छ । यो गोली काण्डको बिषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
यस्तै बन्दुकधारीहरुले न्युयोर्कमा गोली चलाउदा २ जनाको मृत्यु भएको छ भने अन्य दश जना घाईते भएका छन् । यस्तै ब्रुकलिन लगायतका अन्य शहरमा पनि गोली चल्दा अन्य केही व्यक्ति मारिएका छन् भने केही घाईते भएका छन् ।