नेकपाका अध्यक्ष प्रचण्ड सहित नेपाल र झलनाथ खनालले संयुक्त रूपमा राष्ट्रपतिलाई भेटदै

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1154 पटक हेरिएको

काठमांडौ, असार २१ । 

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवासमा पुगेका छन्।

स्रोतका अनुसार तीन नेता आइतबार बिहान ११ बजेतिर शितल निवास पुगेका हुन्। नेकपाभित्रको विवाद चर्किँदै गएपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिरहेका नेताहरू राष्ट्रपति भण्डारीलाई भेट्न गएका हुन्।

यसअघि हिजो शनिबार साँझ प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग सवा घन्टा छलफल गरेका थिए। प्रधानमन्त्रिले राष्ट्रपतिसंग के बिषयमा छलफल गरे भन्ने बारे हालसम्म केही खुलेको छैन ।

राष्ट्रपतिसँग छलफल गरेर फर्किएपछि बालुवाटारमा उनले मन्त्री र राज्यमन्त्रीहरूसँग राष्ट्रपतिमाथि महाअभियोग लगाउने षडयन्त्र भइरहेको बताएका थिए। नेकपाको आन्तरिक किचलो हेर्दा दुई अध्यक्ष बिचको ईगोका कारण नेकपा फुटको अन्तिम संघारमा पुगेको आकलन लगाउन सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार